नोभेम्बर, ६ सङ्खुवासभा
भोजपुरमा पहिलोपटक केन्द्रीय प्रसारणको विद्युत्सेवा जोडिएको छ । स्थानीय विद्युत् नियमित नभएका कारण वर्षौदेखि दुःख पाइरहेका यहाँका उपभोक्ता विद्युत्को राष्ट्रिय प्रसारण लाइन विस्तारसँगै खुशी भएका छन् । धनकुटाको हिले सवस्टेशनलाई ३३ केभी प्रसारणमा विस्तार गरी भोजपुर सदरमुकाम र आसपासको क्षेत्रमा विद्युत्सेवा नियमित गरिएको छ । तीन वर्षअघि सुरु गरिएको विद्युत् विस्तारको कार्य बीचमा अवरुद्ध भएपछि दुई महिनाअघि उपभोक्ताले आन्दोलन चर्काएका थिए ।
राजनीतिक दलका जिल्ला नेतृत्व र स्थानीय प्रशासन समेतको पहलमा भएको दबाबले भोजपुरबासीको दीगो विद्युत्सेवा उपभोग निश्चित भएको हो ।
विद्युत प्राधिकरणले आजदेखि परीक्षण सुरु गरेको जनाउँदै आगामी दिनमा ग्रामीण विद्युतीकरण विस्तारको योजनाअनुरुप जिल्लाका पश्चिमी र दक्षिणी क्षेत्रमा पनि विद्युत्सेवा थालिने जनाएको छ ।
Browse » Home »
नेपाल समाचार
» भोजपुरमा केन्द्रीय विद्युत् प्रसारण लाइन
भोजपुरमा केन्द्रीय विद्युत् प्रसारण लाइन
Subscribe to:
Post Comments (Atom)









Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “भोजपुरमा केन्द्रीय विद्युत् प्रसारण लाइन”
Post a Comment