Browse » Home »
संखुवासभा बिशेष
» संखुवासभा समाज हङकङको दशैं तिहार कार्यक्रम सम्पन्न
संखुवासभा समाज हङकङको दशैं तिहार कार्यक्रम सम्पन्न
हङकङ । संखुवा सभा समाज हङकङले यहि नोभेम्बर ६ का दिन जोर्डन स्थित ईण्डिया क्लबमा दशैं-तिहार २०६७ भेटघाट तथा शुभकामना आदान-प्रदान कार्यक्रम भव्यताका साथ मनायो ।
करिव २०० जना जिल्लावासीहरु उपस्थित उक्त कार्यक्रममा ईलाम समाज हङकङका उपाध्यक्ष श्रीमती योगिता गुरुङ, एभरेष्ट साप्ताहिकका प्रकाशक एवं सम्पादक किसन राई एच। के, नेपाल डट कमका फोटो पत्रकार जगत अम्बु गुरुङ्ग लगायतका पत्रकार एवं फोटो पत्रकारहरुको समेत उपस्थिती रहेको थियो ।
सोही कार्यक्रमको अवसरमा हालको परिवर्तित समयको मागलाई मध्यनजर राख्दै संस्थाले आफ्नो छुटै वेव साईट http://www.sankhuwasabhahk.org/ निर्माण गरेको जानकारी गराउंदै समाजका सल्लाहकार श्री उपेन्द्र कोरङ्गी ज्यूबाट त्यसको औपचारिक उद्धघाटन गरिएको थियो भने जिल्लाका विभिन्न महत्वपूर्ण स्थानहरु लगायत हङकङमा स्थापित समाजका स्थापनाकाल देखि हालसम्मका महत्वपूर्ण कार्यहरुलाई समेट्दै तयार पारिएको करिव ४५ मिनेट लामो वृतचित्रलाई समाजका सल्लाहकार राजकुमार राईज्यू द्धारा उद्धघाटन गर्दै प्रदर्शन गरिएको थियो । करिव १ घण्टासम्म देउसी भैलो खेल्दै दान दक्षिण बटुलेर रमाइलो गरिरहेका जिल्लावासीहरु कार्यक्रमको अन्तिम चरणमा डिजेको सहयोगमा आधुनिक पप तथा हिन्दी गीतहरुको तालमा कम्मर मर्काईमर्काई नाचेर यस वर्षको दशैं तिहार कार्यक्रमलाई भव्यताको साथ मनायो ।
Subscribe to:
Post Comments (Atom)










Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “संखुवासभा समाज हङकङको दशैं तिहार कार्यक्रम सम्पन्न”
Post a Comment