सदरमुकाम फुङ्लिङ्ग बजारमा प्रत्येक मंगलबार र शनिबार लाग्ने हटियामा शेर्पा एक दिनको लामो पैदल यात्रा तय गर्दै हटिया लाग्ने अघिल्लो दिननै सदरमुकाम आउछिन र विहानै बाट धोक्रो भरीको
कटुस ठड्याएर मानाको ४५ देखि ५० रुपैया सम्म बेचेर घर खर्च टार्ने र चाडपर्वमा लाग्ने खर्च टार्दै आएकि छिन ।
उनिमात्र होईन जिल्लाका अधिकांस स्थानिय बासिन्दा अहिले जंगलमा फलेको कटुस टिप्न एक विहानै गाउँदनै रित्याएर जंगल पस्ने गरेका छन् । स्थानिय जंगलमा सहजै पाईने र बजारमा पनि यस वाट राम्रो आम्दानि लिन सकिने भएको कारण अहिले यसको संकलन र विक्रिमा स्थानिय बासीन्दा लागेका हुन ।
कटुस टिप्न केटाकेटि देखि लिएर बुढाबुढि सबै जंगल जाने भएको कारण अहिले जिल्लाका अधिकांश गाउँ रित्तै भएका छन् भने स्थानिय विद्यालयमा पनि विद्याथी कटुस टिप्न व्यस्त भएको कारण विद्यालयमा विद्यार्थीको संख्या पनि घटेका स्थानिय शिक्षकको भनाई रहेको छ ।
यो वर्ष अघिल्लोको वर्षको तुलनामा केहि दशक यताकै सबै भन्दा वढि कटुस फलेको छ । कटुस पात्ले जातको रुखमा फल्ने एक प्रकारको मिठो फल हो । बाहिर काँडाले भरिएको भए पनि भित्र भएको फललाई भुटेर वा काँचै खाने गरीन्छ । काँचो कटुसलाई बजारमा ४५ रुपैया र भुटेको कटुसलाई ५० रुपैयाँ सम्म विक्री हुँदै आएको छ । माथिल्लो अथवा लेकालि क्षेत्रमा सितैमा पाईने कटुस खेज्ने प्रत्येकले दिनमा ५ पाथि देखि ७ पाथि सम्म कटुस संकलन गरेर विक्रि गरी दिनको ५ सय देखि ७ सय सम्म आम्दानि गदै आएका छन् ।
तिहारको समयमा चेलिबेटिले आफ्ना माईतिलाई खुवाउने परिकारहरु मध्ये कटुस लाई पनि एक मुख्य परीकारको रुपमा लिईने गरेको कारण तिहारको समयमा कटुसको अत्याधिक विक्रि हुने गरेको छ ।
ताप्लेजुङमा मात्र नभएर अहिले संखुवासभा धनकुटा पाँचथर र तेह्रथुम जिल्लामा पनि अत्याधिक मात्रामा कटुस पाईने भएको कारण यो जिल्लाका स्थानिय बासिन्दा कटुसबाट राम्रो आम्दानि लिने गरेका छन् । यहाँ संकलन गरीएको कटुस विक्रिकालागि झापाको विर्तामोड सम्म पनि विक्रिको लागि लैजाने गरीएको छ ।

Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “तिहार खर्च जुटाउन कटुस बेच्न व्यस्त याङ्गी शेर्पा”
Post a Comment