Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

फिल्ममा भन्दा प्रशान्तप्रति दर्शकको आकर्षण

गोर्खा पल्टन” यो नामले पहिलेदेखि नै देशमा “मात्र नभएर विदेशमा समेत चर्चा पाएको थियो । त्यो भन्दा बढी चर्चा अहिले नेपाली फिल्मी क्षेत्रमा पाएको छ चलचित्र गोर्खा पल्टनले । अहिले धेरै दर्शकका मुखमा झुण्डिन सफल भएको छ चलचित्र गोर्खा पल्टन ।
नामैले बीर गोर्खालीहरुको कथा व्यथा बोकेको चलचित्र गोर्खा पल्टन लक्ष्मी पूजादेखि देशका विभिन्न शहरहरुमा सफलताका साथ प्रदर्शनमा आएको छ ।

 चलचित्रको कथा वस्तु भन्दा पनि प्रसान्त तामाङले गर्दा धेरै दर्शकलाई हलसम्म तानेको दर्शकहरुको भनाइ छ ।
बुटवलको बुटवल चलचित्र मन्दिरमा सहभागी धेरैले फिल्म भन्दा पनि प्रसान्तलाई हेर्ने उद्देश्यले आएको बताए । प्रसान्त आउने खबरले हलसम्म पुगेका दर्शकहरुले चलचित्रमा केही बढी गीत भएपनि समग्रमा चलचित्र राम्रो भएको जनाए । उनीहरुले चलचित्रले यथार्थ लाहुरेको कथा व्यथा बोकेको राम्रो रहेको पनि बताए ।
तेस्रो इण्डियन आइडियल समेत रहेका चलचित्रका नायक प्रसान्त तामाङ आएको खबरले बुटवल चलचित्र मन्दिर पूर्णरुपमा भरिभराउ रहेको थियो । अझ नायक तामाङले गीत गाउँदा त सबै जना आ आफ्नो स्थानमा उठेर नाच्दै उनको स्वरसँगै स्वर मिलाउँदै गीत गाँउदा हल रमणीय भएको थियो भने प्रसान्त तामाङलाई प्रत्यक्ष भेटघाट गर्ने दर्शकहरु हलमा नअटाएर उत्तिकै संख्यामा बाहिर प्रतिक्षामा बसेका थिए ।
चलचित्र गोर्खा पल्टनका कलाकारहरु देशभर दर्शक भेटघाट तथा चलचत्रिको अवस्था निरीक्षण अभियानमा निस्किएको छ ।

Comments :

0 comments to “फिल्ममा भन्दा प्रशान्तप्रति दर्शकको आकर्षण”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger