ज्ञानेन्द्र खड्काभोजपुर-परिवारका तीनजना अभिभावक गुमाएर टुहुरा बनेका भोजपुर गाविस-९, काफ्लेका दिदिभाईलाई बेलायतस्थित सरी विश्वविद्यालयका नेपाली विद्यार्थीहरुले छात्रवृत्ति प्रदान गरेका छन् । भोजपुर सदरमुकामस्थित विद्योदय उच्च मावि कक्षा ११ मा अध्ययनरत सीता राई र सोही विद्यालय कक्षा ९ मा अध्ययनरत उनका भाई सञ्जीवलाई सरी विश्वविद्यालयमा गरिएको च्यारिटी फुटबल प्रतियोगिताबाट संकलित रकमबाट छात्रवृत्ति प्रदान गरिएको हो । सीतालाई ११ र १२
कक्षाका लागि र भाईलाई ९ र १० कक्षाका लागि सो छात्रवृत्ति प्रदान गरिएको हो ।
छात्रवृत्तिको पहिलो किस्ता ५७ हजार रुपैयाँ शुक्रबार नेपाल पत्रकार महासंघमा भएको कार्यक्रममा समाजसेवी तथा पासाङ्गल्हामु माउन्टेनेरिङ्ग फाउन्डेसनका अध्यक्ष कृपाशुर शेर्पाले हस्तान्तरण गरे । अध्यक्ष शेर्पाले सीता र सञ्जिवको अवस्थाबारे बताएपछि सरी विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी समाजका अध्यक्ष आङ्छिरिङ्ग शेर्पाको पहलमा फुटबल प्रतियोगिता गरेर सो रकम संकलन गरिएको थियो ।
छात्रवृत्ति रकम राष्ट्रिय बाणिज्य बैंक भोजपुरमा दाजु बहिनीको संयुक्त हस्ताक्षरमा चल्ने गरी प्रतिव्यक्ति मासिक ३ हजारका दरले खर्च गर्ने शर्तमा हस्तान्तरण गरिएको अध्यक्ष शेर्पाले बताए । ‘आर्थिक अभावमा विद्यालय छोड्ने अवस्थामा पुगेका विद्यार्थीलाई सहयोग गर्दा खुसी लागेको छ । दुवैले राम्रो अध्ययन गरेमा वेलायतकै सरी विश्वविद्यालयमा निशुल्क अध्ययन गर्ने व्यवस्था पनि गरिने छ ।’ पासाङल्हामु फाउन्डेसनका अध्यक्ष कृपाशुर शेर्पाले भने ।
सीता ६ बर्ष र सञ्जीव २ बर्ष हुँदा उनका बाबु पृथ्वीबहादुर राईको निधन भएको थियो । केही बर्षघि वैदेशिक रोजगारीमा रहेका जेठा दाजुको पनि रक्त क्यान्सरबाट निधन भएपछि उनीहरुकी एकमात्र सहारा आमा रहेकी थिइन् । आमा फूलकुमारीको पनि जेठा छोराको पीरले रोगिएर थला परेपछि २०६६ फागुनमा निधन भएको थियो । ‘आमाको आश्रयमा बाँचेका थियौं, आमाले पनि छाडेर गएपछि भाईलाई मैले बाबु, आमा र दाजु तीनैजनाको आश्रय दिनुपरेको छ । राम्ररी पढ्न सकेका आफ्नो खुट्टामा उभिएर केही गर्ने थियौं । काठमाडौंमा पढ्ने अवसर आउँदा भाईलाई छोडेर जान सकिन । अव चाँहि भोजपुरमै पढ्न सहयोग पाएकाले अझ मेहनेत गरेर पढ्ने छौं ।’ १८ बर्षीया सीताले भनिन् ।
अध्यक्ष शेर्पाले सीता र सञ्जीवलाई छात्रवृत्ति हस्तान्तरण कार्यक्रममै आमासँगै जिल्ला कारागार कार्यालयमा बन्दी जीवन बिताईरहेका कुदाकाउले गाविसका ४ बषीय मिहाङ्ग र्राईलाई पनि छात्रवृत्ति उपलव्ध गराउने घोषणा गरे ।
Subscribe to:
Post Comments (Atom)









Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “अभिभावकविहीन दिदीभाइलाई सहयोग”
Post a Comment