Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

सगरमाथा अञ्चल अस्पतालमा अनौठो किसिमको बच्चाको जन्म

राजविराज, (हाम्रो संखुवासभा) - राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा आइतवार बिहान एकजना महिलाले अनौठो किसिमको बच्चा जन्माएकी छन् । सप्तरीको पकरी गाविस�४ बस्ने मोहम्मद बसिरकी २८ वर्षीया श्रीमती महिरून खातुनले महिला वा पुरुष भनेर केही नछुट्टिने बच्चालाई जन्म दिएकी छन् । बच्चाको टाउको अनपेक्षितरूपमा ठूलो, नाक नभएको तथा आँखाको ठाउँमा दुईवटा सानो प्वालमात्र भएको बच्चालाई जन्म दिएकी छन् ।
बच्चाको शरीर पूर्णरूपले विकसितसमेत भएको छैन ।
बच्चालाई हेर्न अञ्चल अस्पतालमा भिड नै जम्मा भए पनि बच्चाका परिवारका सदस्यहरूले कसैलाई पनि हेर्न भने दिएनन् । छैठौँ सन्तानको रूपमा जन्मिएको उक्त बच्चा जीवित नै रहेको चिकित्सकहरूले बताएका छन् ।
पाँचौ सन्तान पनि यस्तै किसिमको जन्मिएको र केही घन्टामै मृत्यु भएको बसिरले बताए । उनको तीन सन्तान घरमा जीवित छन् भने यसअघि दुईवटाको मृत्यु भइसकेको छ ।
सुत्केरी महिरून भने स्वस्थ रहेको र अस्पतालले आमा तथा बच्चालाई डिस्चार्ज गरिसकेको जनाएको छ ।
आफूले पहिलोपटक यस्तो बच्चालाई हेरेको अञ्चल अस्पतालकी स्त्री तथा प्रसूति रो विशेषज्ञ डा दीपा यादवले बताए ।
गर्भवती भएको बेला नियमित रूपले स्वास्थ्य जाँचसमेत नगराएको र त्यतिबेला प्रतिकूल प्रभाव पार्ने खालका कुनै औषधिको सेवनले बच्चालाई नराम्ररी प्रभावित पारेको हुन सक्ने डा. यादवको आशंका छ ।
सो बच्चा नौ महिनाको पूरा समयमा नै जन्मिएको हो । पारिवारिक जीन (आनुवंशिक प्रभाव) को कारण पनि यस्ता अनौठो बच्चाको जन्म भएको अर्का डा. अमरेन्द्र झाले बताए । - रासस

Comments :

0 comments to “सगरमाथा अञ्चल अस्पतालमा अनौठो किसिमको बच्चाको जन्म”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger