१६ नोभेम्बर, (हाम्रो संखुवासभा) । हैटीस्थित नेपाली शान्तिसेनामाथि सोमबार आक्रमण प्रयास भएको छ । हैजा फैलाएको आरोप लाग्दै आएका नेपाली शान्तिसेनामाथि त्यहाँको दोस्रो ठूलो शहर क्याप-हैटियनमा भडकिएको दंगाले संयुक्त ढुंगा र बोतल प्रहार गरेका हुन् । हैटीमा तीन सातामा हैजाबाट मर्नेको संख्या एक हजार कटेको छ भने प्रभावित हुनेको संख्या ११ हजार पुगेको छ । प्रदर्शनकारीले शहर नै पुरै ठप्प पारेका थिए । त्यहाँ दुइ प्रहरी पोस्ट जलाइएका छन् । आफ्नो बचावटका लागि शान्तिसेना र हैटिका सुरक्षाकर्मीले अश्रुग्यास प्रयोग गरी हुल हटाएको थियो । दोहोरो झडपबाट १२ हैटी नागरिक र ७ शान्तिसेना घाइते भएका छन् ।
प्रदर्शनकारीले गत अगस्तमा भएको एक युवाको मृत्युको आरोप पनि नेपाली शान्तिसेनामाथी लगाएर रिस पोख्न खोजेको थिए ।
Browse » Home »
नेपाल समाचार
» हैटीमा नेपाली शान्तिसेनामाथि आक्रमण
हैटीमा नेपाली शान्तिसेनामाथि आक्रमण
Subscribe to:
Post Comments (Atom)










Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “हैटीमा नेपाली शान्तिसेनामाथि आक्रमण”
Post a Comment