( हाम्रो संखुवासभा)-उपत्यकाका ६० प्रतिशत बालबालिकाले अनलाइनमार्फत् चिनजान भएका अपरिचित मान्छेसँग भेट्ने गरेकोर तीमध्ये १६ प्रतिशत सुरुमै यौन दुर्व्यवहारको सिकार हुने गरेको एक अध्ययनले जनाएको छ। १७ प्रतिशतले आफूलाई मन पर्ने साइटमा अश्लील साइट रोजेको पनि अध्ययनमा उल्लेख छ।
उपत्यकाका १ हजार ३ सय ८० बालबालिकामध्ये ७ सय ३८ जनाले मनोरञ्जनका लागि इन्टरनेट प्रयोग गर्ने गरेको र सोही क्रममा यौन दुर्व्यवहारको शिकार हुने गरेको एक उक्त तथ्याङ्कले देखाएको हो।
बाल मजदुर सरोकार केन्द्र (सिविन) नेपालले आज यहाँ सार्वजनिक गरेको “बालबालिकाद्वारा इन्टरनेटको प्रयोग” विषयक अध्ययन प्रतिवेदनमा ४ सय ७४ जना बालक र २ सय ६४ जना बालिकाले उक्त प्रयोजनका लागि इन्टरनेटको प्रयोग गर्ने गरेको उल्लेख छ।
सिविनका कार्यकारी संयोजक सुम्निमा तुलाधरका अनुसार अध्ययन गरिएका ती बालबालिकामध्ये २ सय २६ जना सार्वजनिक विद्यालयका र ८ सय ९७ जना निजी विद्यालयका बालबालिका सहभागी थिए। अन्यले आवश्यक उत्तर नदिएकोसमेत प्रतिवेदनमा उल्लेख छ।
अध्ययनमा ६ सय ८६ बालक र ६ सय ९५ जना बालिका सहभागी भएको पनि उनले बताइन्।
उनले बालबालिकाविरुद्ध हुने यस प्रकारका दुर्व्यवहार रोक्न सबैमा चेनता फैलाउनुपर्ने र अपराधीलाई कारबाही गर्न बालबालिकाका लागि छुट्टै साइवर अपराधसम्बन्धी ऐन ल्याउनुपर्ने आवश्यकता पनि औँल्याइन्।
Browse » Home »
नेपाल समाचार
» च्याटबाट चिनजान भएको व्यक्तिसँग भेट्ने बालबालिका सुरुमै यौन दुर्व्यवहारको शिकार
च्याटबाट चिनजान भएको व्यक्तिसँग भेट्ने बालबालिका सुरुमै यौन दुर्व्यवहारको शिकार
Subscribe to:
Post Comments (Atom)









Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “च्याटबाट चिनजान भएको व्यक्तिसँग भेट्ने बालबालिका सुरुमै यौन दुर्व्यवहारको शिकार”
Post a Comment