अहिले राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा पनि ध्यान तानिएको छ माओवादीको पालुङटार भेलामा । कत्तिलाई फुटे हुन्थ्यो माओवादी भन्ने छ । कतिलाई फुट्लान् भन्ने चिन्ता । नेत्रित्व तहमा चाहिँ कमजोर भइन्छ की ! अरू बलियो हुन्छ की भन्ने पिर ! तिन मुख्य नेताको आरोप प्रत्यारोप जतिसुकै देखिएपनि माओवादी फुट्ने संकेत छैन । बरु अब माओवादीको पालुङटार बैठक सकिनासाथै देशमा झन् बढि अशान्ति हुने भएको छ । अझ धेरै नारा जुलुस र हडताल, चक्काजाम । देशैभर आन्दोलनको हुरी बतास पो चल्ने भएको छ त ।
स्रोतका अनुसार पार्टीभित्र जतिसुकै मारमुंग्री, पोला पोल र तानातान देखिएपनि कार्यकर्ताहरू कुनैपनि हालतमा पार्टी फोर्न नदिने पक्षमा छन् । प्रमुख नेताहरूपनि पार्टी चोइटिनै दिने पक्षमा भने छैनन् । बरु कार्यकर्ता पक्षबाट पार्टीका नेता सुविधाभोगी भए भन्ने आरोप लागेकाले अनुगमन संयन्त्रलाई बलियो बनाइने संभावना छ । संसदीय राजनीतिमा पसेर पार्टी बोधो भयो, अब अग्रगामी गणतान्त्रिक संविधान बन्न नदिने भए । त्यसैले अब संघर्षका कार्यक्रम ल्याउनुपर्छ भनेर हाडलाइनर नेता र कार्यकर्ता पक्षबाट जोडतोडका साथ दबाब दिइएको छ । खासगरी कार्यकर्ताहरूले पार्टी संसदीय राजनीतिमा लागेर कुनै उपलब्धि हांसिल नगरेको, जनताबाट टाढिँदै गएको, पार्टीको साख गिर्दै गएको, कार्यकर्ता पलायन भएको भन्दै कुनै ठोस संघर्षका कार्यक्रम ल्याउन चर्को दबाब दिएका छन् ।
कार्यकर्ताको उत्साहलाई कायम राख्नपनि तिन वटै नेताले संघर्ष गर्नुपर्ने कुरालाई प्रमुखताकासाथ आआफ्ना दस्तावेजमा उठाएकै थिए । तिन नेताका दस्तावेज मध्येपनि प्रचण्ड र वैद्यले त अब पार्टी आन्दोलनमा जानुपर्छ भनेर बढि जोड दिएका छन् । आम कार्यकर्ताको मनोभावनालाई अग्रिम बुझेर र वैद्य पक्षको जनबिद्रोहमा तत्कालै जानुपर्छ भन्ने दबाबलाई समेट्ने उद्देश्यले प्रचण्डले चलाखी पूर्वक आफ्नो दस्तावेजमा संघर्ष गर्नुपर्छ भनेर उठाएको बताइन्छ ।
त्यसैले अधिकांश कार्यकर्ता र प्रमुख नेताहरू सबै आन्दोलन गर्नुपर्छ भन्ने पक्षमा रहेकाले तिन वटै नेताका दस्तावेजमाथि सबैले टिप्पणी गरेपछि सबैका मूलभूत कुरालाई समेटेर एउटै दस्तावेज बनाउने कसरत हुनेछ । त्यो संयुक्त दस्तावेजले आन्दोलनलाई प्रमुख जोड दिने छ ।
पार्टी एक ढिक्का रहेको, आम कार्यकर्तामा आन्दोलनको स्प्रिट रहेको र नेताहरूमा अभूतपूर्व एकताको भावना रहेको सन्देश दिन सकभर साझा छलफल र सोहमतीमा मतदान नगरीकन संयुक्त दस्तावेज ल्याएर पार्टी एकता मजबुत रहेको सन्देश दिने प्रयास गरिँदै छ ।
एमाले, नेपाली कांगेस र फोरम लगायतका दलहरू मूलतः भारतीय बिस्तारवादको आडमा हालको शान्ति संझौता भंग गर्ने षडयन्त्रमा लागेको निष्कर्ष निकालिँदै छ । जनताको चाहना अनुसार अग्रगामी संविधान बन्न नदिने षडयन्त्र भैरहेकाले त्यसलाई परास्त गर्नपनि विद्रोहमा जानुपर्छ भने निचोड निकालिने भएको छ । त्यसो गर्दा बाबुराम भट्टराई र तत्कालै जनबिद्रोहमा जानुपर्छ भन्ने नेता मोहन वैद्य ‘किरण’ पक्षलाई समेट्न सहज बन्ने छ । पालुङटार बैठक सकिनासाथ कस्तो खालको संघर्षका कार्यक्रम लिएर जाने भन्ने निर्णय नेताहरूले गर्ने छन् । हालको संसदीय खिचातानीलाई चर्काएर लैजाने र देशभरि संघर्षका कार्यक्रम घोषणा गरिने संभावना रहेको छ ।
Browse » Home »
नेपाल समाचार
» पालुङटार बैठक सकिनासाथ आन्दोलनको आँधीबेरी
पालुङटार बैठक सकिनासाथ आन्दोलनको आँधीबेरी
Subscribe to:
Post Comments (Atom)










Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “पालुङटार बैठक सकिनासाथ आन्दोलनको आँधीबेरी”
Post a Comment