नबराज पन्थी कुबेत/२५ नोवेम्बर- रोजगारीको शिलसिलामा घरेलु कामदारको रुपमा आज भन्दा ६ बर्ष पहिला दिल्लीको बाटो हुदै खाडी मुलुक कुबेत आएकी मकवानपुर जिल्ला सुकौरा-२ की शान्ति माया दोङ कुबेत स्थित फर्वानिया अस्पतालको बेडमा जिबन र मरणसंग लडरहेकिछिन । सुन्दर भबिस्यको कल्पना गरि कुवेत छिरेकी शान्तिमाया आएको एक साल मै अचानक सम्पर्क विहिन बनेकी थिइन । केही महिना अघाडी मात्र नेपाल कुबेत डटकमका सहसम्पादक केदारनाथ खरेलले शान्तिमाया अस्पतालमा अचेत अवस्थामा रहेकी पत्ता लगाएका थिए । केदारनाथ खरेलले बताए अनुसार शान्तिमायाको अवस्था अत्यन्तै गम्भिर छ घाँटी र पेटमा प्वाल पारेर जुस र अरु झोलीलो पदार्थ वाइपास मार्फत सम्बन्धित अंगमा पुर्याई हालसम्म जेन तेन बाँचिरहेकिछिन । तर उनको एउटा हात बाहेक शरीरको अरु कुनै पनि अंग नचल्ने र वेहोस अवस्थामा छिन। शान्तिमाया दोंगलाई नेपाल पठाउन नेपाली दुताबासको पत्र अस्पतालमा बुझाएपछि उनलाई नेपाल लिएर जाने उनको नजीकको नातेदारको उपस्थितिमा मात्र अस्पतालले क्लियरेन्स पेपर बनाइदिने कुरा थाहा भएकोछ। दुताबासको प्रतिनिधि बाहेकका ब्याक्तिहरुले उनलाई भेट गर्न अस्पतालमा निक्कै कठिन हुने गरेको कुरा थाहा भएकोछ।
शान्तिमायाको बारेमा पटक पटक समाचार नेपाल कुबेत डटकमले प्रकासन गरे पनि अहिलेसम्म उनको उद्दारको लागि पहल भएको देखिदैन। तर अब भने शान्तीमायाको उद्दारको लागि पहल हुने कुरामा आशाबादी हुन् सकिन्छ। कुबेतमा नेपाली समाजको उत्थान पहिचान हकहितको लागी गठन भएका सस्थाहरुका ४ जना अध्यक्षले हालै फर्वानिया अस्पतालमा पुगी एकै साथ शान्तिमायालाई भेट गरि उनको बारेमा जानकारी लिएको कुरा थाहा भएकोछ। यसरि भेट गर्नेहरुमा कुबेतमा नेपाली समाजको पहिचान उद्दार हक अधिकार र समस्यालाई केलाउँन सधै सक्रिय रहने सस्थाको रुपमा परिचित जनजागृति युवा समाजका अध्यक्ष दिपक क्षेत्री, भर्खरै पुनरगठित नेपाल कुबेत सास्कृतिक मन्चका अध्यक्ष टिकाराम आचार्य, आफ्नो स्थापनाको छोटो समयमा चर्चित लालीगुरास सास्कृतिक परिवारका अध्यक्ष बि बि मल्ल र नब गठित तामाङ्ग संघ कुबेतका अध्यक्ष सुन बहादुर तामाङ्ग रहेको कुरा नेपाल कुबेत डटकमलाई थाहा भएकोछ। पक्कै पनि पिडित शान्तिमायालाई उद्दार गर्ने सोचले नै उनिहरु अस्पताल पुगे होला भन्ने अनुमान लगाउन सकिन्छ। जतिसक चाडो उदार गरि नेपाल पठाउन उनिहरुको अभियान सुरुहुने कुरामा अपेक्षा गर्न सकिन्छ तर चारै जना अध्यक्ष र उनीहरुको सस्थाले अहिले सम्म कुनै जानकारी भने गराएका छैनन । यदि यी सस्थाले शान्तिमाया उद्दार अभियान चलाएमा हातमा हात काधमा काध मिलाई शान्तिमाया दोंगलाई उद्दार गरि नेपाल पठाउन सम्पूर्ण कुवेतबासी नेपाली दाजुभाई दिदीबहिनीहरुले आफ्नो आफ्नो क्षेत्रबाट सहयोग गर्नु पर्ने देखिन्छ । आन्तरिक रुपमा शान्तिमायालाई उद्दार गर्न के कस्तो कदम चालिरहेको छ दुताबासले त्यसको कुनै जानकारी नभएपनि शान्तिमायालाई उद्दार गर्न सक्रिय भएर लाग्ने व्यक्ति संघ सस्थालाई पक्कै पनि नेपाली दुताबास कुबेतले साथ र सहयोग दिनेछ।









Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “शान्तिमायाको उद्दार हुने सम्भावना ४ वटा सस्थाका अध्यक्ष एकै साथ पुगे अस्पताल”
Post a Comment