कात्तिक, सोलुखुम्बु । यो वर्षको अक्टोबर महिनामा सगरमाथा राष्ट्रिय निकुञ्जमा साढे १० हजार पर्यटक भित्रिएका छन् । पर्यटकको यो सङ्ख्या भ्रमण वर्ष सन् १९९८ यता सबैभन्दा धेरै हो । गएको अक्टोबर महिनामा १० हजार ४५० जना पर्यटकले निकुञ्ज घुमेका थिए । निकुञ्जका गेम स्काउट विकास कोइरालाका अनुसार अघिल्लो वर्ष सोही महिनामा आठ हजार ८०० पर्यटकले मात्र निकुञ्ज भ्रमण गरेका थिए ।
सन् १९९८ को भ्रमण वर्षयता अक्टोबर महिनामा सगरमाथामा सबैभन्दा कम पर्यटक सन् २००२ मा आएका थिए । सन् २००२ को अक्टोबर महिनामा ३ हजार ५०० पर्यटकले मात्र निकुञ्जको भ्रमण गरेका थिए ।
“देशमा शान्ति छाएपछि हवाई तथा पैदल दुवै माध्यमबाट आउने पर्यटकहरूको सङ्ख्या बढेकाले सगरमाथा क्षेत्रको भ्रमण गर्न धेरै पर्यटक आएका हुन्” गेम स्काउट विकास कोइरालाले भने । सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा विश्वको सर्वोच्च शिखर सगरमाथा, पुमोरी, आमादब्लम, थामसेर्कु हिमाललगायत अन्य हिमशृङ्खला, खुम्जुङ गि्रनभ्याली तथा खुन्देजस्ता सुन्दर शेर्पाबस्ती पर्छन् ।
शेर्पा संस्कृति र विश्वकै अग्लो ठाउँमा रहेको तेङबोचे गुम्बा तथा दुर्लभ वन्यजन्तु पर्यटकका लागि आकर्षण हुन् । सगरमाथा राष्ट्रिय निकुञ्ज प्रवेश गर्दा सार्क राष्ट्रबाहेक तेस्रो मुलुकका नागरिकहरूले प्रतिव्यक्ति एक हजार रुपैयाँ शुल्क बुझाउनुपर्छ । निकुञ्ज क्षेत्रको भ्रमण हवाई मार्गबाट तेन्जिङ हिलारी विमानस्थल लुक्ला ओर्लेपछि सुरु हुन्छ । रासस
Subscribe to:
Post Comments (Atom)










Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “सगरमाथा निकुञ्जमा दोब्बर पर्यटक”
Post a Comment