Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

कुवेतमा लक्ष्मी प्रसाद देबकोटाको १०१ औ जयन्ति

नबराज पन्थी (कुबेत)
 नोवेम्बर/१२ सुक्रबार-मरुभूमिको देश कुबेतमा १०१औ लक्ष्मी जयन्ति एक समाहरोको आयोजना गरि भब्य रुपमा मनाइएकोछ । अन्तरास्ट्रिय साहित्य समाज कुबेत च्याप्टरले कुबेतको सुकुल कबिर पार्कमा आयोजना गरेको कार्यक्रममा  खुल्ला कबिता प्रतियोगिता पनि गरिएको थियो ।  बरिस्ठ साहित्यकार होम क्षेत्रीको प्रमुख आतिथित्यमा सम्पन्न उक्त कार्यक्रम महाकवी लक्ष्मी प्रसाद

देवकोटाको तस्बिरमा माल्याँपर्ण गरि सुरु गरिएको थियो । कार्यक्रम च्याप्टरका अध्यक्ष राजन रिमाल “अभिलासी”को अध्यक्ष्ता, उपाध्यक्ष  आनन्द आचार्य “साइला बाजे” को स्वागत मन्तब्य अनि सचिब मनोज काफ्ले “मनसुन” को संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा महाकवी लक्ष्मी प्रसाद देवकोटाको बारेमा चर्चा गर्दै शुभकामना मन्तब्य दिनेहरुमा प्रमुख अथिति होम क्षेत्री, एन आर एन ए कुबेतका अध्यक्ष राजेन्द्र तामाङ्ग नेपाल पत्रकार महासंघ कुबेत साखाका सल्लाहाकार तोयानाथ ढाहाल,  साहित्य च्याप्टरका सल्लाहाकार सुजन केसी भजन गायिका एबम लेखिका आशा क्षेत्री “बन्दना” जनजागृति युवा समाजका अध्यक्ष दिपक क्षेत्री कार्यक्रम संयोजक हरिकृष्ण घायल नेपाली  दुताबासका प्रतिनिधि भुवन पौड्याल जनजागृति युवा समाजका उपाध्यक्ष ठाकुर पौड्याल  लगायतका ब्याक्तिहरु हुनुहुन्थ्यो ।
    
       सोहि कार्यक्रममा खुल्ला कबिता प्रतियोगिता गरिएको थियो । छनोटमा पर्ने सफल  उत्कृस्ट ११  प्रतियोगीहरु १- सौगात सुबेदी दुखी, २- कृष्ण प्रसाद आचार्य, ३- कृष्ण भट्टराई गोठालो, ४-अर्जुन बस्नेत उदासी, ५- राज कुमारी याख्या, ६- बिष्णु निश्चल, ७- भिम केसी, ८- सिबराज गाउले क्षितिज, ९- टिकाराम आचार्य, १०- सुष्मा राइ र ११- बिन्दू अधिकारीले कबिता बाचन गर्नु भएको थियो । जसमा दुधको दुध पानीको पानी बनाउन बस्नु भएका होम क्षेत्री, सुजन केसी, भुवन पौड्याल र तोयानाथ उपेक्षितको निर्णायक मण्डलले महाकबी लक्ष्मी प्रसाद देवकोटाको बारेमा बाचन गरिएको कवितालाई प्राथमिकता दिइएको कविता प्रतियोगितामा  साइला बाजे शिर्सक रहेको अर्जुन बस्नेत उदासी प्रथम, जन्मोत्सव देवकोटा शिर्सक रहेको कृष्ण प्रसाद आचार्य दुर्तिय, बौलाएको राज्य खोजिरहेकिछु राज कुमारी याख्या तृतिय र विष्णु निश्चल सान्त्वना हुनु भएको थियो । बिजयी प्रतियोगीहरुलाई प्रमुख अथिति होम क्षेत्री र एन आर एन ए अध्यक्ष राजेन्द्र तामाङ्गले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नु भएको थियो ।


       पुरस्कारको ब्यबस्था नेपाल कुबेत डटकमका एबम मरुभूमिको कोसेलिका प्रबन्ध निर्देशक सुजन केसीले एक्लै गर्नु भएको थियो । भने जलपानको व्यवस्था साहित्यकार एवं युवा कबि बालक गुरुङ जनजागृती युवा समाजका अध्यक्ष दिपक क्षेत्री र अन्तरास्ट्रिय साहित्य  समाज कुबेत च्याप्टरका अध्यक्ष राजन रिमालले संयुक्त रुपमा गर्नु भएको थियो । सोहि अवसरमा प्रतियोगी बाहेकका साहित्य प्रेमी कबि तथा कबित्रीहरुले मिठा मिठा कबिता गजल मुक्तक बाचन गर्नु भएको थियो तेस्तै सुजन के सि ले साहित्यकार होम बहादुर छेत्रीको कबिता सँगालो “पर्खौ हामी”  कृतिको  “जिन्दगि”  कबिता बाचन गर्नु भएको थियो ।   । स्मरण रहोस लक्ष्मी जयन्तिको दिन  बिबिध कारणले मनाउँन नपाए पनि एक हप्ता पछि मात्र अन्तरास्ट्रिय साहित्य समाज कुबेत च्याप्टरले महाकबी लक्ष्मी प्रसाद देवकोटाको सम्झना गर्दै लक्ष्मी जयन्ति मनाएको कुरा थाहा भएकोछ ।

Comments :

0 comments to “कुवेतमा लक्ष्मी प्रसाद देबकोटाको १०१ औ जयन्ति”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger