भाइटीकाका लागि शुभसाइत ११ बजेर ३१ मिनेटमा सुरु हुने र सूर्यास्तसम्म टीका लगाउन हुने नेपाल पञ्चाङ्ग समितिले जनाएको छ ।
दिदीबहिनीले आफ्ना दाजुभाइलाई मिठाइ, फलफूल, ओखर, कटुस र मसलाका साथै सेलरोटी दिने तथा दाजुभाइले आफ्नो गच्छेअनुसार दक्षिणा तथा उपहार दिने चलन छ ।
दाजुभाइ नहुने दिदीबहिनी तथा अरूले आज काठमाडौँको रानीपोखरी बीचमा अवस्थित मन्दिर गई दर्शन गरी टीका लगाएका छन् । उक्त मन्दिर प्रत्येक वर्ष भाइटीकाको दिनमात्र सर्वसाधारणका लागि खुला गरिन्छ ।
न्हुदँ समारोह समिति ११३१ तथा मङ्का खलले नेवार समुदायलाई २० गते लक्ष्मीपूजा, २१ गते म्हपूजा र २२ गतेे भाई टीका गर्न आहृवान गरेको छ भने गृह मन्त्रालयले २२ गते नेपाल अधिराज्यभर विदा दिने घोषणा गरेको छ ।
पञ्चङ्ग निर्णायक समितिका अनुसार कात्तिक २१ गते भाइटीकाका दिन गोवर्धन पूजा गर्ने जनाए अनुसार हिन्दूहरूले आज आ-आफ्नो आँगनमा लिपपोत गरी गोवर्द्धन पर्वतको प्रतीकका रूपमा गाईको गोबरले पर्वतको आकृति बनाई गोवर्धन पूजा गर्दैछन् ।
द्वापरयुगमा भगवान् श्रीकृष्णले आफ्नै हातले गोवर्द्धन पर्वत उचाली गोकुलवासीहरूलाई वषर्ाबाट बचाई इन्द्रको घमण्ड नष्ट गरिदिनुभएकाले त्यसै बेलादेखि गोवर्द्धन पर्वतको पूजा गर्ने चलन चलेको हो भन्ने धार्मिक विश्वास रहेको छ ।









Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “आज भाईटिका, परम्पराअनुसार दिदीबहिनीले दाजुभाइको सुख, समृद्धि एवम् दीर्घायुको कामनाका साथ भाइटीका लगाइदिदै, हर्षउल्लासपूर्वक महान् चाड तिहार मनाइदै”
Post a Comment