Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

अन्जु पन्त तथा निङ्गमा शेर्पाले नचाए

कार्तिक २१ - शुक्रवार लक्ष्मिपूजाको दिन यूएईको दुवई स्थित अष्टोरिया होटलमा अन्जु पन्त तथा निङ्गमा शेर्पाले यूएईका दर्शकहरुलाई छमछम्ती नचाए ।   करिव ४५ सय भन्दा बढी आधुनिक गजल, तथा चलचित्रमा गित गाईसकेकी अहिलेकी जल्दिबल्दी गायिका अन्जु पन्त पहिलो पटक यूएईका दर्शकहरु सामु उपस्थित भएकि थिईन् । उनको सुरिलो स्वरमात्र सुनेका दर्शकहरु प्रत्यक्ष स्टेजमा नै भेट्दा दर्शकहरु स्टेजमा झम्टनै पुग्दथे ।
अन्जुपन्तले अहिले चर्चाका शिखरमा पुग्न सफल भएका गजल, आधुनीक तथा नेपाली चलचित्रका गितहरु गरी करिव ७ वटा प्रस्तुती पस्केकि थिईन् । उनलाई दर्शकहरुले विच बिचमा नाचेर गितका टुक्काहरु निकाल्दै साथ दिएका थिए । आफ्नो प्रस्तुतिको बिच बिचमा उनका गितहरुको रेकर्डका रमाईला प्रसंगले कार्यक्रमलाई अझै रोमाञ्चक बनेको थियो । यूवाहरुको ढुक ढुकी लोक पप गायक निङमा सेर्पा यूएईका दर्शकहरुसंग दोश्रो पटक भेट्दै थिए । उनका चर्चित पप तथा लोक पपका गितहरुमा दर्शकहरु उफ्री उफ्री नाचे । उनलाई स्टेजबाट सजिलै उम्कन दिएनन् । उनका गितका टुक्काहरु निकाल्दै तिनै गितहरु गाउन बाध्य बनाए । उनको प्रस्तुतिले पनि दर्शकहरुलाई तताएको थियो । स्टेजमा उनि नाच्दै गित गाउदै थिए भने दर्शकहरु वरीपरीका कुर्सीहरु हटाई नाच्दै थिए । उनले करिब ८ वटा गितहरु गाए ।
यूएईका स्थानिय कलकार ज्ञान लामा, भावना ढकाल, र उनका सहयात्रिहरुको भैलिनी गितको भाकाको नृत्यबाट सुरुभएको दिपावली सांझ कार्यक्रम तोकिएको समय भन्दा धेरै ढिलो सुरु भएको थियो । स्थानिय कलाकार ज्ञान लामाको जोसिलो प्रस्तुतिले दर्शकहरुलाई नचाएको थियो भने देवी थोकर तथा अनिल लामाको आईटम नृत्यले एकैक्षण हललाई कामुक बनाएको थियो । कार्यक्रमको बिच बिचमा फर ए डिजे तिवारीको डिजे प्रस्तुतिले कार्यक्रमलाई अझै रौनक बनाएको थियो ।
दर्शकहरुको फितलो उपस्थितिले कार्यक्रमको केही रौनकता हराएको जस्तो लागेता पनि अन्जु पन्त्त र निङमा सेर्पाका प्रस्तुतीले उपस्थित सम्पूर्ण दर्शकहरुलाई नचाएरै छाडे । ज्योति गुरुङ्ग तथा रोशन राईले सञ्चालन गरेको कार्यक्रमको सम्योजक भोजराज घलेले गरेका थिए ।

Comments :

0 comments to “अन्जु पन्त तथा निङ्गमा शेर्पाले नचाए”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger