Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

अलैचीको भाउ आकासियो, व्यापारी र भरीयाको ज्यान जोखिममा

रविन भट्टराई,ताप्लेजुङ
पुर्वी पहाडका कृषकको मुख्य नगदेवादी अलैंचीको मुल्य दिनमा तीन गुणा त रातमा चौगुणा भने झै दिनानुदिन अकासिदै गएकोमा व्यापारी र कृषक खुसि त छदै छन् तर मनभरी डर र त्रास पनि उतिकै बोक्न बाध्य भएका छन् यतिबेला ।पहिले अलैचीको भाउ कम हुँदा त्यति महत्व नै हुदैनथ्यो अहिले आएर प्रतिमन ५५ देखि ६० हजार सम्म पुगे पछि गाउँबाट अलैचिकौ भारी बोकेर सदरमुकाम ल्याउने भरीया देखि सदरमुकाममा अलैचिको कारोबार गर्ने व्यापारी लाई चन्दा र ज्यान जोगार हिड्न समेत गाह्रो भएको ताप्लेजुङका व्यापारीहरुको भनाई रहेको छ।"
    केहि दिन यता पुर्वी पहाडि जिल्ला ताप्लेजुङ र पाँचथरमा अलैचीको भाउ केहि वर्ष यताकै तुलनामा कहिले दोब्बर त कहिले तेब्बर बृद्धि हुँदै आएर प्रतिमन ६० हजार सम्म पुगे पछि अलैची बोकेर बजार ल्याउने देखि लिएर अलैची संकलन तथा निकासी गर्ने व्यापारी लुटेरा डाका र चन्दावालाको सिकार बन्ने डर मनभरी राखि अलैचीको कारोबार गर्न बाध्य भएका छन् ।

"
"अलैची बोकेर सदरमुकाम ल्याउन दुई दिनको पैदल यात्रा तय गर्नुपर्छ बाटोमा बास बस्दा र बाटो हिड्दा समेत मन भरी डर बोकेर हिड्नु परेको छ" ताप्लेजुङ तापेथोक गाविसका सुवास लिम्बु बताउँछन् । एक जनाले १ मन देखि २ मन सम्म बोकेर ल्याउने गरेको र बाटो पनि जंगलको हिड्नु परेकोले कहिले कहिले बाटो छेकेर केहि लठी बोकेका केटाहरुले समेत हप्कउने गरेकोले साथमा आफुले पनि हतियार बोकेर हीड्छौ धेरै गाह्रो छ भारी बोकेर खानेलाई समेत गाह्रो छ सुवास अगाडि बताउँछन् ।  
यता गाउँमा मनगे  अलैची उत्पादन गर्ने कृषकको पनि त्यस्तै व्यथा रहेको छ । अलैचीको भाउ बढेपछि अलैची बोटबाटै हराउने त कहिले भट्टि लगाएको ठाउँबाट चारीहुने गरेको यहाँका कृषकको दुखेसो रहेको छ । ताप्लेजुङ फुलबारी गाविसका कृषक अस्मिता सावाका अनुसार अलैची टिपेर विक्रिको लागी तयारी अवस्थामा राखेको ४ मन अलै चीनै चोरी भएको बताउनुहुन्छ ।   
यसरी अलैचीको भाउ अकासिन्दा राम्रो दाम पाउँदा कृषक र व्यापारी खुसी छन् भने दामले नै ज्यान लिन्छ कि भन्नेमा उनिहरु त्रसित रहेका छन् । पुर्वका पाँचथर ताप्लेजुङ इलाम संखुवसभा धनकुटा र तेहथुम लगायतका जिल्लामा उत्पादन हुने अलैंची यस क्षेत्रका कृषकहरुले प्रमूख आय स्रोतको रुपमा लिदै आएका छन् ।
  अलैंची गतवर्ष अधिकतम पच्चीस हजार रुपैंया प्रतिमन सम्म किनवेच भएको थियो । यसवर्ष ग्रामिण क्षेत्रका कृषकले उत्पादन गरेको अलैंची विक्रीका लागि वजारमा नल्याएकाले अन्तराष्टिय वजारवाटै मुल्यवृद्धी उद्योग बाणिज्य संघको भनाई रहेको छ ।
   हाल ताप्लेजुङको फुङ्लिङ्गमा मात्रै १ सय ५० मनको हाराहारीमा अलैचीबजारमा आउने गरेको र जिल्लाकै स साना बजार दोभान बहानन्दे बाट पनि दिनको ३० देखि ५० मन सम्म अलैंची विक्रि हुने गरेकॊ व्यापारीहरुले वताएका छन ।
यता पाँचथर सदरमुकाम फिदिममा भने कृषकले उत्पादन गरेको अलैंची प्रतिमन साठी हजार रुपैंयामा किनवेच भएको यो अहिले सम्मकै पहिलो रेकर्ड भएको व्यापारीको दावि रहेको छ ।
हाल दैनिक प्रतिमनमा एकहजार रुपैंयाले अलैंचीको मुल्य वृद्धी भइरहेको व्यापारीहरु वताँउछन ।

Comments :

0 comments to “अलैचीको भाउ आकासियो, व्यापारी र भरीयाको ज्यान जोखिममा”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger