निर्देशक विजय केरुङको निर्देशनमा चलचित्र 'तिमीले दिएको माया' को निर्माण हुने भएको छ । गत साता एक कार्यक्रमबीच मुहूर्त गरिएको उक्त चलचित्रका निर्माता सुनिता शर्मा तथा रेशा ढुंगाना हुन् । चलचित्रमा राज तिमिल्सिना, युना उप्रेती, सुवास मेचे, दीक्षा भण्डारी, सुनिल थापा, रामचन्द्र अधिकारी आदि कलाकारको मुख्य भूमिका रहनेछ ।
रारामा छायांकन
चलचित्र 'नाइँ नभन्नु ल'का निर्माता रमेशजंग रायमाझीले निर्माण गरिरहेको चलचित्र 'मलाई मनपर्यो'का बाँकी रहेका दुई गीतको छायांकन बैंककमा हुने बताइएको थियो, तर अब ती दुई गीतको छायांकन रारातालमा गरिनेछ । त्यसका लागि छायांकन युनिट चार्टर्ड गरिएको हेलिकप्टरमा राराताल पुग्ने भएको छ । भद्र भुजेलले निर्देशन गरेको यो चलचित्रमा राजबल्लभ कोइराला, निरुता सिंह तथा जीवन लुइँटेलको मुख्य भूमिका छ ।
हेटौँडामा तामाङ चलचित्र महोत्सव
तामाङ समुदायको बाहुल्यता रहेको मकवानपुरको हेटौंडामा तामाङ चलचित्र महोत्सव-२०६७ हुने भएको छ । तामाङ भाषाका चलचित्रलाई गुणस्तरीय बनाउने उद्देश्यले नेपाल तामाङ चलचित्र संघले आउँदो पुस २ र ३ गते हेटौँडामा महोत्सव गर्न लागेको हो । नेपाल तामाङ चलचित्र संघका अध्यक्ष प्रकाश ब्लोनको अध्यक्षतामा हेटौँडामा सम्पन्न छलफलले हेटौँडामा महोत्सव गर्ने निर्णय भएको हो । महोत्सव सफल पार्न नेपाल तामाङ घेदुङ मकवानपुरको संयोजन मकवानपुरमा रहेको तामाङ गुठी तथा तामाङ संघसस्था सदस्य रहने स्थानीय उपसमिति गठन भैसकेको छ ।
२०५२ सालमा कलाकार जयनन्द लामाले पहिलो तामाङ चलचित्र सेम्री छोरङान निर्माण गरेका थिए । अहिलेसम्म नेपालमा झन्डै ४० वटा जति तामाङ चलचित्र निर्माण भैसकेका छन् । यो वर्ष १० वटा तामाङ चलचित्र निर्माणको क्रममा रहेको अध्यक्ष ब्लोनले जानकारी दिए ।
रहेनन् भुटानी
नेपाली चलचित्रमा द्वन्द्वकलाको जग बसालेका द्वन्द्व निर्देशक, कलाकार तथा सेट डिजाइनर गोपाल भुटानीको निधन भएको छ । काठमाडौंको जनमैत्री अस्पतालमा उपचारका क्रममा भुटानीको मंगलबार बिहान एघार बजे निधन भएको हो । ७८ वषर्ीय भुटानी पेटको क्यान्सरबाट पीडित थिए । शरीरमा क्यान्सरको संक्रमण बढ्दै गएकाले उपचार हुन नसक्ने भन्दै भक्तपुर क्यान्सर अस्पतालबाट केही साताअघि उनलाई डिसचार्ज गरिएको थियो । त्यसपछि उनको रक्तचाप निकै बढेको थियो । भुटानीको पार्थिव शरीरलाई मंगलबार बेलुका स्वयम्भूमा बौद्ध परम्पराअनुसार दाहसंस्कार गरिएको छ । उनका चेला तथा द्वन्द्व निर्देशक राजेन्द्र खड्गीले भुटानीको शवमा दागबत्ती दिएका थिए । भुटानीले डेढ सयभन्दा बढी चलचित्रमा काम गरेका थिए । भारतीय चलचित्र उद्योगमा पनि काम गरेको अनुभव संगालेका उनी पछिल्लो पटक उनी 'मिहो' चाउचाउको विज्ञापनमार्फत चर्चामा आएका थिए ।
भुटानी सिने एवार्ड
द्वन्द्व कलाकार संघले मंगलबार चलचित्रका द्वन्द्व निर्देशक, कलाकार तथा सेट डिजाइनर गोपाल भुटानीको स्मरणमा गोपाल भुटानी सिने एवार्डको स्थापना गरेको छ । संघका अध्यक्ष योगेन्द्र श्रेष्ठका अनुसार हरेक वर्ष नेपाली सिनेमामा उत्कृष्ट योगदान पुर्याउने व्यक्तित्वलाई प्रदान गरिने उक्त पुरस्कारको राशि एक लाख रुपैयाँभन्दा बढी हुनेछ । श्रेष्ठका अनुसार स्व. भुटानीको स्मरणमा एउटा गैरसरकारी संस्थाको स्थापना गर्ने तयारी पनि भैरहेको छ । स्व. भुटानीले नै नेपाली चलचित्रमा द्वन्द्वकलाको सूत्रपात गरेका हुन् ।
दुलही थालियो
बाबुराम ढकालको लेखन तथा निर्देशनमा चलचित्र 'दुलही' को छायांकन प्रारम्भ भएको छ । गत मंगलबार चितवनबाट थालिएको उक्त चलचित्रको छायांकन ४५ दिनभित्र सकिने ढकालले जनाएका छन् । जसमा ३० दिनको सेड्युल चितवनमा राखिएको छ भने बाँकी काठमाडौं तथा पोखरामा गरिनेछ । ओएसआर फिल्मसको ब्यानरमा निर्माण हुने चलचित्र दुलहीमा राजेश हमाल, करिश्मा मानन्धर, मुकेश ढकाल तथा सुमिना घिमिरेको मुख्य भूमिका छ ।
चलचित्रका विद्यार्थीहरूको ओरिएन्टेसन
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेपालको एक मात्र चलचित्र विषयमा स्नातकसम्मको अध्यापन गराइने ओस्कार इन्टरनेसनल कलेजका नवआगन्तुक विद्यार्थीर्ह रूको ओरिएन्टेसन कार्यक्रम गतसाता सम्पन्न भएको छ । कार्यक्रममा चलचित्र निर्देशक यादव खरेल, कलाकार हरिहर शर्मा, निर्देशक लक्ष्मीनाथ शर्मा, छायांकार दीपक ढकाल, साउन्ड इन्जिनियर प्रदीप उपाध्याय आदिले चलचित्र अध्ययनका बारेमा बताएका थिए । कलेजका प्रमुख चलचित्र निर्देशक डा. घनश्याम खतिवडाले यो शैक्षिक सत्रका लागि ४० जना विद्यार्थी चलचित्र विषय अध्ययन गर्न तथा भर्ना हुनुलाई उत्साहजनक बताए ।
हमालले हसाउने
नायक राजेश हमाल पर्दामा हास्य नायकका रूपमा देखिने भएका छन् । निर्देशक विजय विक्रम बस्नेतको निर्देशनमा निर्माण हुन लागेको हास्य चलचित्र 'हात लाग्यो शून्य'मा नायक हमाल हास्य भूमिकामा देखा पर्दैछन् । गत साता शुभमुहँर्त गरिएको उक्त चलचित्रको मुहँर्तमा हमाललाई हास्य अभिनेता किरण केसी धुपबत्ती बालेर पूजा गरेका थिए । हमाल बिना नेपाली चलचित्रको भविष्य नहुने र उनी नै महानायक भएकाले पूजा गरिएको केसीले बताए । चलचित्रमा राजेश हमाल, किरण केसी, झरना थापा, गोपाल ढकाल आदि कलाकारहरूको मुख्य भूमिका रहनेछ ।
Subscribe to:
Post Comments (Atom)










Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “तिमीले दिएको माया”
Post a Comment