नबराज पन्थी कुबेत नोवेम्बर २६ सुक्रबार- रोजगारीको शिलशिलामा खाडी मुलुक कुबेत आइ घरेलु कामदारको रुपमा कार्यरत बसाहा ५ हातिसार उदयपुर घर भएकी मन्दीका परियार बिगत ८ महिना देखि ब्लड क्यान्सरको बिमारी परि कुबेतको सबाह अस्पतालमा उपचार गराइरहेकी थिइन ।
मन्दीका परियारलाई सहयोग गर्ने उद्देस्यले जनजागृती युवा समाज कुबेतले मन्दीका परियार सहयोग अभियान चलाई संकलन भएको रकम नेपाली दुताबास कुबेतका सचिब पुस्पराज भट्टराई मार्फत सुक्रबार पिडित मन्दीका परियारलाई हस्तान्तरण गरेकोछ ।मालिया स्थित सगरमाथा रेस्टुरेन्टमा आयोजित कार्यक्रममा दुताबास सचिब पुस्पराज भट्टराईले मन्दीकालाई सहयोग गर्न अभियान चलाई सरानिय काम गरेकोमा जनजागृती युवा समाजलाई धन्यबाद दिदै पिडित मन्दीकाको सिघ्र स्वास्थ्य लाभको कामना गर्नु भयो । भने समाजका अध्यक्ष दिपक क्षेत्रीले आफुहरुको अभियानमा हातमा हात मिलाई सहयोग गर्ने ब्याक्ति संघ सस्था सबैलाई धन्यबाद ब्यक्त गर्नु भएको थियो ।
कुबेतमा कार्यरत ४०२ जना नेपालीहरु र नेपाली दुताबास, एन आर एन ए तथा क्रेज नेपाल लगायतका सस्थाहरुले दिएको सहयोग रकम जम्मा कुबेती डिनर पाच सय पचपन्न, अमेरिकन डलर ६ र नेपाली रुपैया उन्नाइस सय स्वयम पिडित मन्दीका परियारलाई हस्तान्तरण गरेको हो । सो अवसरमा जनजागृति युवा समाजका उपाध्यक्ष ठाकुर पौडेल कोसाध्यक्ष छत्र कार्की अन्तरास्ट्रिय साहित्य समाज कुबेत च्याप्टरका उपाध्यक्ष आनन्द आचार्य, नेपाल कुबेत सास्कृतिक मंचका अध्यक्ष टिकाराम आचार्य पत्रकार नबराज पन्थी लगायत समाजका सदस्यहरुको उपस्थिति रहेको थियो । कृष्ण मल्ल टिकाराम आचार्य ठाकुर पौडेल लगायतका समाजका सदस्यहरु गत नोभेम्बर ५ तारिख देखि सहयोग संकलन गर्न सक्रिय रुपमा लागेका थिए । गत आइताबार मात्र अस्पतालबाट डीसचार्ज भएकी मन्दीका परियार डिसेम्बर १ तारिख पुन स्वास्थ्य परिक्षण गरि अस्पतालले स्वीकृति दिएमा आगामी डिसेम्बर ७ तारिख जन्मभूमि नेपाल प्रस्थान गर्नेछिन ।
त्यस्तै सुक्रबारै नेपाली चर्च कुवेतले पनि संकलन् गरेको रकम मन्दीका परियारलाई हस्तान्तरण गर्यो । नेपाली चर्चमा संकलन् भएको ६५ कुबेती डिनर नेपाली चर्चका धर्म गुरु अगम बहादुर लिम्बुले मन्दिकालाई चर्चमा नै बोलाएर दिनु भएको थियो । धर्म गुरु अगम लिम्बुले सात महिना सम्म लगातार होस्पितलमा गएर मन्दिकाको हालचाल लिने र हौसला दिने गर्दै आउनु भएको थियो ।
Browse » Home »
प्रबासी समाचार
» मन्दिका पारीयारको लागि संकलन गरेको सहयोग रकम हस्तान्तरण
मन्दिका पारीयारको लागि संकलन गरेको सहयोग रकम हस्तान्तरण
Subscribe to:
Post Comments (Atom)









Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “मन्दिका पारीयारको लागि संकलन गरेको सहयोग रकम हस्तान्तरण”
Post a Comment