Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

अरुण नदीमा फेरी सञ्चालन


पहाडी जिल्ला भोजपुरको लेघुवाघाटस्थित अरुण नदीमा आजदेखि फेरी सञ्चालन भएको छ । वर्षामा बन्द भएको फेरी सञ्चालनमा आएपछि पहाडी भोजपुर र खोटाङमा सामान ढुवानी गर्न सहज भएको छ । नदीमा पानीको बहाव घटेकाले फेरी सञ्चालन सुरु गरिएको भोजपुरका प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडाले बताउनुभयो । फेरी नचल्दा त्यहाँ पुलबाट सामान तरिँदै आइएको थियो । धरान धनकुटाहुँदै भोजपुर छिर्ने उक्त सडक अवरुद्ध हुँदा खोटाङलाई प्रभाव पर्छ ।

सदरमुकाम दिक्तेलसम्म भित्रिने प्रमुख नाका मानिएको धनकुटा-भोजपुरहुँदै दैनिक दर्जनौ ट्रकले सामान ल्याउने गरेकामा फेरी बन्द भएपछि उदयपुरको कटारी नाका हुँदै सामान जिल्ला भित्रयाउने गरिएको छ ।

तर सो सडकखण्डमा सिन्डिकेटका कारण बीचबीचमा सामान लोडअनलोड गर्नुपर्दा व्यापारी तथा उपभोक्ता मारमा पर्दै आएका छन् ।भोजपुरको बाटो खुला भएपछि सामान ल्याउन सहज हुने खोटाङ उद्योग वाणिज्य सङ्घले जनाएको छ ।

सङ्घका अध्यक्ष खुसनारायण सैजुका अनुसार बिनाअवरोध विराटनगरमा लोड गरेको गाडी खोटाङ ल्याउन पाइने भएपछि सामानको मूल्य पनि सस्तो पर्छ ।बिनाअवरोध सामान जिल्ला भित्रयाउँदा प्रत्येक सामानको मूल्यमा रु पाँचसम्म सस्तो पर्ने व्यापारीको भनाइ छ ।

Comments :

0 comments to “अरुण नदीमा फेरी सञ्चालन”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger