अझ तपाई चलचित्र क्षेत्रमै काम गर्ने व्यक्ति हुनुहुन्छ भने तपाईले रेजिनाको नजिक पर्दा धेरै पटक सोच्नु पर्ने अवस्था छ । हो, नायिका रेजिना अहिले एउटा अभियानमा लागि परेकी छिन् । उनको यो काम अव लगभग तीन महिनासम्म दैनिक रूपमा चल्ने पक्का छ ।
मंगलवार चलचित्र 'तँ त साह्रै सप्रिस नि वद्री' को छायांकन स्थलवाट सुरू भएको उनको यो अभियानले विश्राम लिन तिन महिना कुर्नु पर्ने छ । शुक्रवार मात्र उनले तिस भन्दा वढी चलचित्र क्षेत्रमा काम गर्ने व्यक्तिहरुलाई राम्रैसग चुना लगाएकी छिन् । यहि पुष ३० गतेवाट उनले र्सवाधिक आशा गरेको चलचित्र चिनो प्रदर्शनमा आउने भएको छ ।
चलचित्रको पब्लिसिटीका लागी उनी यति दत्तचित्त रुपमा लागी परेकी छिन् कि, यतिवेला उनको नजिक पर्ने जो सुकै व्यक्ति पनि चलचित्र चिनोका कारण चुना लाग्ने अवस्थामा पुग्छ । चलचित्र चिनोको पब्लिसिटीका लागी उनले अहिले टेलिकमको साहारा लिएकी छिन् ।
चलचित्रमा समावेश गरिएको लैजाउ मलाई... वोलको गितको सिआरविटी डाउनलोड गर्न उनले अहिले वरपर पुग्ने जोसुकैको पनि मोवाईल माग्नमा व्यस्त हुन्छिन् र गित डाउनलोड गरीहाल्छिन् । यदि उनको कुरा कसैले मानेन भने उनीमा वालकपन आउछ र लिढेढिपी कस्न थाल्छिन् । अव, यति राम्री र सेक्सी नायिकाले भनेपछि मोवाईलमा १२.४३ पैसा खर्च गर्न को तयार नहोला र ? यसरी, रेजिना यतिवेला अरुको मोवाईलमा चलचित्र चिनोको गित डाउनलोड गर्न लागिपरेकी छिन् । रेजिनाले यो अभियान चलचित्र नचलुन्जेल सम्म जारी राख्ने समेत घोषणा फिल्मीखबर समक्ष गरेकी छिन् ।
चलचित्रको पब्लिसिटीका लागी रेजिनाले लिएको यो उपायलाई पनि मान्नै पर्छ । तर, तपाईलाई रेजिनाले सुरु गरेको यो अभियान राम्रो लागेन भने उनीसंग तपाई वचेर भने हिड्नुपर्नेछ । जेहोस्, अरूको मोवाईलमा जवरजस्ती गित डाउनलोड गरेर भएपनि पब्लिसिटीका गर्न खोज्ने रेजिनाको यो जुक्तीले काम गरोस्, हाम्रो शुभकामना ।










Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “रेजिना देखि साबधान”
Post a Comment