Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

फूलको मूल्य सस्तियो, ७० करोडको फुलको व्यापार हुने

 तिहार सम्झने वित्तीकै फूलको माला सगै जोडीएर आउछतिहार सुरु भए सगै मालाको व्यापार पनि बढेको छ । लक्ष्मीपुजामा घर सजाउन देखि लिएर भाइटिकामा समेत प्रयोग हुने मालाको प्रयोग हुने गर्दछ ।
फूलका उपभोक्ताका लागि खुशीको खवर छ । यस वर्ष बजारमा मालाको मूल्य सस्तो भएको छ । यस वर्ष नेपालमा फूलको उत्पादन बढेको कारण भारतबाट फूलको आयात कम भइ फूलमालाको मूल्य सस्तो भएको व्यवसायीको अनुमान छ ।
नेपालकै फूलको उत्पादन बढेपछि लागत मूल्य घटेकाले मालाको मूल्य कम भएको हो । गत वर्ष एउटा सयपत्रीको मालालाई साढे तिनसय रुपैयाँसम्म तिरेका सर्वसाधारणले यस वर्ष कम मूल्यमा माला खरीद गर्न पाउने भएका छन् ।
फूल व्यवसायीको संस्था नेपाल फ्लोरीकल्चर एसोसियसनका अध्यक्ष अरुण क्षेत्रीले यस वर्ष नेपालमा उत्पादन बढेकाले मालाको मूल्य कम भएको बताए । उनले यस वर्ष उपभोक्ताले सयपत्रीको मालालाई प्रतिमाला ४० रुपैयाँ भन्दा बढी तिर्न नपर्ने बताए । गत वर्ष ९८ प्रतिशत सयपत्री फुल भारतबाट आयात गरेकाले माला महंगो परेको उनको भनाइ छ । गत वर्ष उपभोक्ताले सयपत्रीको प्रतिमाला तीनसय रुपैयाँसम्म तिरेका थिए ।
यस वर्ष ८० प्रतिशत आन्तरीक उत्पादनले धान्ने र २० प्रतिशत मात्र भारतबाट आयात हुने क्षेत्रीको अनुमान छ । भारतिय व्यापारीदेखि फुटपाथे व्यापारीसम्मले मालाको बिक्री गर्ने मुल्यमा नियन्त्रण नभएको र उपभोक्ता मारमा परेकोे उनको भनाइ छ । ‘हाम्रो सदस्य भएकालाई मात्र मुल्यमा नियन्त्रण गर्न सक्छौं’ क्षेत्रीले भने । मूल्य नियन्त्रणका लागि सरकारले बजार अनुगमन गर्नुपर्ने क्षेत्रीको भनाइ छ  ।
तिहारमा सबैभन्दा बढी सयपत्रीको मालाको माग हुने गर्दछ । सबैभन्दा महंगो पर्ने सयपत्री फूलमालाको विक्री पनि सबैभन्दा बढी हुने गर्दछ । नेपालमा सयपत्री फूलको मात्र दुई देखि तीन लाखसम्मको कारोबार गरेको व्यवसायी बताउछन् । सयपत्रीबाहेक तिहारमा प्रयोग हुने अन्य फूलको माग भने नेपालकै उत्पादनले धान्ने गर्दछ । तिहारमा गोदावरी, मखमली, दुबोलगायत मालाको बढी माग हुन्छ । जसका लागि नेपालकै उप्पादनले पुग्ने गर्दछ ।

व्यवसायीका अनुसार गत वर्ष तिहारको समयमा नेपालमा ५६ करोडको मालाको कारोबार भएको थियो । उनीहरुका अनुसार यस वर्ष व्यापार १५ प्रतिशत बढ्न र करीब ७० करोडको व्यापार हुने आशा राखेका छन् ।

Comments :

0 comments to “फूलको मूल्य सस्तियो, ७० करोडको फुलको व्यापार हुने”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger