Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

माओवादी कमान्डरहरु चीन भ्रमणमा जानु शान्ति सम्झौता विपरीत: प्रधानमन्त्री नेपाल

कार्तिक ७ - प्रधानमन्त्री माधवकुमार नेपालले शिविरका माओवादी कमान्डरहरु कसैलाई जानकारी नगराई चीन भ्रमणमा जानु शान्ति सम्झौता विपरीत भएको बताएका छन् । उनीहरुको भ्रमणबारे सरकार गम्भीर रहेको उनले बताए ।रौतहटको गौर जाने क्रममा आइतवार बाराको सिमरा विमानस्थलमा संचारकर्मीहरुसँग कुरा गर्दै उनले बिना जानकारी जानुको अर्थ माआवादीले शान्ति सम्झौता उलंघन गरेर सहमति तोड्न खोज्ने प्रयास गरेको आरोप लगाए । सरकार भ्रमणबारे गम्भीर छलफलमा जुटेको छ' उनले भने, सेना समायोजन विशेष समितिको सल्लाहमा उनीहरु दोषी देखिए सरकारले कारवाही पनि गर्नेछ । कारबाहीको क्रममा सुरुमा स्पष्टिकरण सोधिने भन्दै कस्तो र कहिले कारबाही हुने कुरा भने उनले बताएनन् । भ्रमणमा मनोमानी जानु भनेको माआवादीले शान्ति र संविधान निर्माण प्रक्रियाको विषयमा अघि बढ्न चाहिरहेको छैन् भन्ने कुरा स्पष्ट हुन्छ' उनले भने । प्रधानमन्त्रीले विवादास्पद सैनिक अधिकारी राजु बस्नेतको पदावधिको म्याद २ बर्ष सरकारले थपेको प्रसङ्गमा भने, 'पदावधिको म्याद थप कानुन बमोजिम हो । सत्य निरुपण आयोगले सैनिक अधिकारी बस्नेतलाई दोषी नहर्‍याएसम्म उनी निर्दोष रहेको प्रधानमन्त्री नेपालको भनाइ थियो । म्याद थपेको बारेमा ओएचसीएचआरले गरेको विरोध गल्ति भएको उनले बताए ।

Comments :

0 comments to “माओवादी कमान्डरहरु चीन भ्रमणमा जानु शान्ति सम्झौता विपरीत: प्रधानमन्त्री नेपाल”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger