Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्था कडा

झापा। नजिकिँदै गरेको तिहार र छडपर्वमा आयात हुने विस्फोटकजन्य पदार्थको कारोवारलाई नियन्त्रण गर्ने उद्देश्यले झापाका सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्था कडा गरिएको छ ।
सीमावर्ती भारतीय बजारबाट प्रज्वलनशील तथा विस्फोटकजन्य पदार्थ धेरै मात्रमा नेपाल भित्रयाउने हुँदा सुरक्षा व्यवस्था कडा पारिएको सीमासुरक्षा पोस्ट काँकडभिट्टाका सशस्त्र प्रहरी नायब उपरीक्षक खेमबहादुर थापाले बताउनुभयो ।
उहाँले भन्नुभयो- ‘नेपालमा प्रतिबन्धित विस्फोटक पदार्थ व्यापारीहरूले लुकी चोरी भद्रपुर, नकलबन्दा, आठमोज्जा, काँकडभिट्टालगायतका नाका प्रयोग गरी ल्याइने हुँदा हामीले ती ठाउँमा विशेष सुरक्षा अपनाएको छौँ ।’
हालसम्म पक्राउ परेका विस्फोटकजन्य पदार्थ सुरक्षित रूपमा राखिएको र चाडै पत्रकार, राजनीतिक दल र स्थानीयवासीको संयुक्त रोहवरमा नष्ट गरिने उहाँले जानकारी दिनुभयो ।

Comments :

0 comments to “सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्था कडा”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger