राष्ट्र बैंकले आवश्यक नोट बैंकहरुलाई उपलव्ध गराउन सकेको थिएन। बैंकहरुले ग्राहकको माग बमोजिम नोट दिन सकेका थिएनन्। यसपछि राष्ट्र बैंकले तीन वर्षका लागि आवश्यक नोट छपाउन दिइसकेको छ। पटक पटक गरि नोट मुलुकमा भित्रिनेक्रम जारी छ। यो वर्षको दशैंका लागि २५ अर्ब नयाँ र प्रचलनमा आइसकेका नोट बजारमा पठाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ। 'यही अनुमान भित्र नै नोट बाहिरिने स्थिति छ' ठाकुरले भने। यो वर्ष नोटको कमी नभएको उनले बताए।
असोज १ सम्म राष्ट्र बैंकबाट १ खर्ब ५१ अर्ब रुपैयाँका नोट बजारमा थिए। असोज २४ मा राष्ट्र बैंकबाट बजारमा पठाईएको नोट १ खर्ब ६७ अर्ब रुपैयाँ पुगेको छ। यो वर्षको दसैंमा ठूला नोटको सटहीसहित ३५ अर्ब रुपैयाँ बजारमा गएको राष्ट्र बैंकले जनाएको छ। गतवर्षको दशैंमा ६ अर्ब नयाँ नोट बजारमा गएका थिए। त्यसअघिको वर्ष ७ अर्ब रुपैयाँका नयाँ नोट केन्द्रीय बैंकले बजारमा पठाएको थियो। गत वर्ष नोटको अभाव भएकोले यो वर्ष माग भन्दा अधिक नोट बजारमा पठाउने व्यवस्था गरिएको हो।राष्ट्र बैंकले बैंकहरुलाई माग बमोजिम नयाँ नोट पठाएको जनाएको छ। आवश्यक रकम पठाएपनि बैंकहरुले नयाँ नोट ग्राहकका लागि केन्द्रित गरेको अनुमान छ। ग्राहकका लागि मात्र नोट केन्द्रित हुँदा सवै सर्वसाधारणले नयाँ नोट बैंकहरुबाट सहज रुपमा पाउन सकेका छैनन्। मागेजति नयाँ नोट दिन नसकेपनि प्रचलनमा आएका सग्ला नोट पर्याप्त व्यवस्था भएको बैंकरले जनाएका छन्। 'यो वर्ष झुत्रा नोट प्रयोग गर्नुपर्ने स्थिति समेत छैन' नेपाल बैंकर्स संघका अध्यक्ष शसिन जोशीले भने-'सवै बैंकमा नोटको पर्याप्त व्यवस्था छ।'
बैंकहरुमा सहज रुपमा नयाँ नोट नपाउनेका लागि राष्ट्र बैंकको थापाथलीमा चार काउन्टरबाट नयाँ नोट साट्ने सुविधा दिईएको छ। ग्राहकले त्यहाँ दुई घन्टा सम्म बसेर नयाँ नोट साटनु परेको जनाएका छन्।
अन्तिम समयमा नोट माग्नेका लागि तत्कालै नोट पठाउन नसकिने जनाउँदै राष्ट्र बैंकले पर्याप्त मौज्दात रहँदै माग गर्न निर्देशन दिएको थियो। नोट सकिएपछि खाँदबारीबाट तत्कालै माग भएकोले पटक पटक प्रयास गर्दा पनि केन्द्रीय बैंकले नोट पठाउन नसकिएको जनाएको छ। हवाई सेवामा आएको कठिनाईले खाँदबारीमा नोट पुर्याउन नसकिएको अधिकारीहरुले जनाएका छन्। दसैंअघि नै राष्ट्र बैंकले काठमाडौं बाहिरका ७ शाखा कार्यालयमा पर्याप्त नोट पठाइसकेको जनाएको छ। अन्यत्र नोटको व्यवस्था भैसकेकोले दसैंमा उपत्यकामा मात्रै ध्यान केन्द्रित गरिएको ठाकुरले बताए।
केन्द्रीय बैंकले यो पटक नयाँसँगै प्रयोगमा आइसकेका सग्ला नोट मिसाएर बजारमा पठाएको छ। यो व्यवस्थाबाट बजारमा नोटको कमी नहुने अनुमान केन्द्रीय बैंकको छ।
दसैंमा बाहिरिएका नोट तिहारपछि राष्ट्र बैंकमा फर्कन थाल्छन्। तीन महिनामा अधिकांश नोट झुत्रा बनेर फर्कने गरेको जानकारी केन्द्रीय बैंकले दिएको छ।
नोटलाई चाँडै झुत्रा हुन नदिन अहिले एउटा नोटको वण्डलमा एक मात्र स्टिच लगाउन पाइने व्यवस्था छ। केही समयमा नै नोटमा स्टिच नै लगाउन नपाइने व्यवस्था राष्ट्र बैंकले गर्दैछ।
राष्ट्र बैंकमा पुराना नोट आएपछि नयाँ दिने व्यवस्था गरिएको छ। नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकका ६४ ठाउँमा राष्ट्र बैंकको नोट कोष छ। यी कोषले समेत पुराना नोटको सट्टा नयाँ दिनुपर्ने व्यवस्था छ।
पुराना नोट धेरै प्रचलनमा रहेकोले नयाँको तुलनामा सक्कली, नक्कली छुट्याउन समेत राष्ट्र बैंकलाई कठिनाई परेको छ। पुराना सक्कलीमा नक्कली नोट मिसाउँदा सुरक्षाको चिन्ह छुट्याउन कठिन हुने गरेको छ। नयाँ नोटमा सुरक्षाका लागि राखिएको चिन्ह पहिचान गर्न सजिलो हुने गर्दछ। राष्ट्र बैंकमा पुगेको नक्कली नोट बढी पुराना देखिएका छन्।
नक्कली नोट पहिचान गर्नका लागि समेत पुराना नोटको चल्ती हटाउने योजना राष्ट्र बैंकले बनाएको हो। सहरको तुलनामा ग्रामीण र दुर्गम क्षेत्रमा पुराना नक्कली नोट बढी भएको अनुमान छ।
पुराना नोटको प्रयोगबाट विभिन्न रोग एक व्यक्तिबाट अर्कोमा सर्ने सम्भावना हुन्छ। सर्वसाधारणलाई स्वस्थ नोट प्रयोग गर्न दिन नयाँ नोट मात्रै ल्याउन खोजिएको हो।
पुराना नोटको प्रयोगबाट विभिन्न रोग एक व्यक्तिबाट अर्कोमा सर्ने सम्भावना हुन्छ। सर्वसाधारणलाई स्वस्थ नोट प्रयोग गर्न दिन नयाँ नोट मात्रै ल्याउन खोजिएको हो।
अहिले सम्म धेरै पुराना नोट पनि प्रचलनमा छन्। यसको एकिन तथ्यांक छैन। कामै नलाग्ने गरी आइपुगेका नोटलाई









Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “दसैंका लागि राष्ट्र बैंकबाट बजारमा १६ अर्ब रुपैयाँको नोट थपिए”
Post a Comment