२६ आश्विन – सीता एयरको डोनियर विमान विहान सोलुखुम्बुको तेञ्जिङ्ग हिलारी विमानस्थल लुक्लामा दुर्घटना भएको छ । विमानस्थलमा ल्याण्ड गरेर पार्किङ गर्ने क्रममा ब्रेक फेल भएर विमान दुर्घटनामा परेको हो । विमानको अगाडि पट्टिको भाग क्षतिग्रस्त भएको छ । विमानमा रहेका चालक दलका ३ सदस्य र ११ जना विदेशी नागरिक सकुशल रहेको ईलाका प्रहरी कार्यालय लुक्लाका ईन्चार्ज रामलखन महत्तोले जानकारी दिनुभयो ।
पार्किङको क्रममा विमानको दाहिने चक्काको हाईड्रोलिक ब्रेकमा समस्या आएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको महत्तोको भनाई छ । सिता एयरको डोनियर विमानले लामो समयपछि आज मात्र काठमाण्डौबाट लुक्लाको लागी उडान भरेको थियो । दुर्घटनापछि लुक्ला विमानस्थल आधा घण्टा अबरुद्व भएको थियो ।
Browse » Home »
राष्ट्रिय समाचार
» लुक्लामा सीता एयरको बिमान दुर्घटना, मानवीय क्षति भएन
लुक्लामा सीता एयरको बिमान दुर्घटना, मानवीय क्षति भएन
Subscribe to:
Post Comments (Atom)
Comments :
0 comments to “लुक्लामा सीता एयरको बिमान दुर्घटना, मानवीय क्षति भएन”
Post a Comment