आश्विन/नुतन श्रेष्ठ, सोलुखुम्बु - सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा नेपाल भारत मानव बिकास एवं मैत्री संघको उद्घाटन भएको छ । आज नेपालका लागि भारतीय राजदुत राकेश सुदले एकिकृत नेकपा माओबादी, सोलुखुम्बुको अबरोधका बिच संघको कार्यालय उद्घाटन गर्नुभएको हो ।
संघको उद्घाटन सत्रलाई सम्बोधन गर्दै राजदुत राकेश सुदले भारतले नेपालको राजनीतिमा हस्तक्षेप भन्दा नेपालको विकास र स्थायित्व चाहेको बताउनु भयो । नेपालको विकासमा अहिलेसम्म ५७ अर्ब लगानी गरिसकेको बताउँदै सुदले अहिले नेपालमा ३ सय ९० वटा भारतीय परियोजना संचालनमा रहेको जानकारी दिनुभयो ।
भारतले कुनै स्वार्थको लागि नभई नेपाल र नेपाली जनताको विकास र उन्नति चाहेर सहयोग गरेको वहाँको भनाई थियो । वहाँले भारतले गरेको सहयोगलाई हस्तक्षेप भन्नु माओवादीको बुझाईमा कमजोरी भएको टिप्पणी गर्नुभयो ।
मैत्री संघका, सोलुखुम्बु जिल्ला शाखाका अध्यक्ष तार्देन शेर्पाको अध्यक्षतामा भएको सो उद्घाटन सत्रमा एकिकृत नेकपा माओबादी बाहेकका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधी, प्रमुख जिल्ला अधिकारी यादव सुबेदी, स्थानिय बिकास अधिकारी नारायणप्रसाद मैनाली, सुरक्षा निकायका प्रमुख, बिभिन्न संघसंस्था, बिद्यालय र क्याम्पसका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।
सुदद्धारा साल्ट ट्रेडिङको निरिक्षण
राजुदत सुदले आज नै सदरमुकाम सल्लेरीमा रहेको नेपाल साल्ट ट्रेडिङ कर्पोरेसनको समेत निरिक्षण गर्नुभएको छ । कर्पोरेशनको निरिक्षणका क्रममा वहाँले सोलुखुम्बु जिल्लामा नै स्थायी गोदाम निर्माणका सम्बन्धमा छलफल अघि बढाउने बताउनुभयो । यस बिषयमा देशको नेतृत्व सम्हाली रहेकाहरुसँग छलफल गर्ने वहाँले आश्वासन दिनुभयो ।
माओवादीद्धारा बिरोध
आज बिहान मात्रै काठ्माण्डौबाट सोलुखुम्बु आउनुभएका राजदुत राकेश सुदको आगमन प्रति एकिकृत नेकपा माओबादीले भने बिरोध जनाएको छ । बिहानैदेखि फाप्लु बिमानस्थल नजिक जम्मा भएका एकिकृत नेकपा माओबादी तथा शेर्पा गणराज्यका कार्यकर्ताहरुले कालो झण्डा, कालो पट्टी बाँधेर सुद तथा भारत बिरुद्धमा नाराबाजी समेत गरेका थिए । सुद बिमानस्थलबाट सदरमुकाम तर्फ आउने क्रममा आन्दोलनकारीहरुले जुत्ता, चप्पल तथा ढुङ्गा प्रहार गरेका थिए । आन्दोलनकारीले आक्रोश पोख्ने क्रममा ठुलो मात्रा सुरक्षाकर्मी परिचालन गरिएकाले कुनै अप्रिय घटना भने भएन ।
बिरोधको कार्यक्रम पछि आयोजित कोणसभामा एकिकृत नेकपा माओबादीका सभासद् गोपाल किराँतीले बिरोधको कार्यक्रम सफल भएको बताउनुभयो । बिरोध कार्यक्रममा सभासद् किराँतीका साथमा सभासद् आङदावा शेर्पा, शेर्पा गणराज्य नेपालका संयोजक गोम्बु शेर्पा कज्र्याङ, एकिकृत नेकपा माओबादी सोलुखुम्बु जिल्ला ईन्चार्ज राजेन्द्र, सह–ईन्चार्ज हिमाल गिरी लगायतको उपस्थिती रहेको थियो ।
सुद आज नै सल्लेरीबाट खुम्जुङ तर्फ प्रस्थान गर्नुभएको छ । वहाँले त्यहाँ सञ्चालन हुन लागेको खानेपानी योजनाको सिल्यान्यास लगाएतका कार्यक्रममा सहभागिता जनाउनु हुनेछ ।
Browse » Home »
जिल्ला समाचार
» भारतीय राजदूत सुद सोलुखुम्बुमा, माओवादीद्धारा बिरोध
भारतीय राजदूत सुद सोलुखुम्बुमा, माओवादीद्धारा बिरोध
Subscribe to:
Post Comments (Atom)










Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “भारतीय राजदूत सुद सोलुखुम्बुमा, माओवादीद्धारा बिरोध”
Post a Comment