Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

न्याय माग्दै सदरमुकाममा

संखुवासभा/ ससुरा र जेठाजुले जग्गा र बस्ने घरसमेत नदिएको भन्दै संखुवासभा धुपु गाविस-३ की फुलमाया दाहाल न्याय माग्दै मंगलबार सदरमुकाम खादबारी आइपुगेकी छिन् । दाहाल ससुराले आफ्नो श्रीमान्को अंश नदिएको भन्दै न्याय माग्न सदरमुकाम आएकी हुन् । उनले आफ्नो श्रीमान् राजमणि दाहालको अंश ससुरा भुवराज दाहालको जिम्मामा रहेको र ससुराले पहिले नै छुट्टसिकेका दाजु घननाथ दाहाललाई पास गरिदिएपछि नाबालक छोरी र आफ्नो बिचल्ली भएको बताइन् । उनको श्रीमान् राजमणि सिंगापुर जाने भनेर घरबाट हिँडेको पाँच वर्ष बिते पनि अहिलेसम्म बेपत्ता छन् ।
नाबालक छोरासहित सदरमुकाम खाँदबारी आएकी दाहालले अहिलेसम्म श्रीमान्को अंश दिलाइदिन माग गर्दै मानवअधिकारवादी संघ-संस्था, पत्रकार महासंघ र राजनीतिक दललाई निवेदन दिएकी छिन् । उनले प्रशासन र प्रहरी समेतका सरकारी निकायले आफ्नो समस्याका बारेमा चासो नदिएको गुनासो गरिन् ।
श्रीमान् बेपत्ता भएपछि फुलमायाका दुई नाबालक छोरा लिएर दैनिक मजदुरी गर्दै माइतीमा बस्दै आएकी छिन् । उनको १९ वर्षअघि राजमणि दाहालसँग विवाह भएको थियो ।

Comments :

0 comments to “न्याय माग्दै सदरमुकाममा”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger