Browse » Home »
प्रवास समाचार
» प्रचण्ड मलेसियामा, सम्मेलनबारे सहयोगी नै बेखबर
प्रचण्ड मलेसियामा, सम्मेलनबारे सहयोगी नै बेखबर
क्वालालाम्पुर मलेसिया
एकीकृत नेकपा माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एक सम्मेलनमा भाग लिन मलेसिया आइपुग्नुभएको छ ।
नेपाल एअरलाइन्सको उडानबाट शनिबार बिहान क्वालालम्पुर आउनुभएका प्रचण्डलाई मलेसियाका लागि नेपाली राजदूत डा. ऋषिराज अधिकारीले स्वागत गर्नुभयो ।
बिदेश बिभाग प्रमुख कृष्णबहादुर महरासहित आइपुग्नुभएका माओवादी नेतालाई स्वागत गर्न सो पार्टी निकट मानिने यहाँस्थित प्रगतिशिल श्रमिक मोर्चाका नेताहरु पनि पुगेका थिए ।
प्रचण्डसहितको टोली क्वालालम्पुरमा रहेको होटल सांगि्रलामा बसिरहेको मोर्चाका महासचिव रमेश तिवारीले अनलाइनखबरलाई बताउनुभयो । तिवारीका अनुसार मोर्चाले प्रचण्ड र महरालाई स्वागत गर्न आइतवार अपरान्ह एक कार्यक्रम आयोजना गरेको छ । अक्टोवर ५ तारिखमा काठमाण्डौं र्फकने प्रचण्डले दुई दिन पार्टी निकट मोर्चाका सदस्यहरुसंग बिताउने आश्वास दिएको मोर्चाका कार्यकर्ताहरु बताउंछन् ।
यद्यपी प्रचण्ड सहभागी हुन आएको भनिएको कार्यक्रमबारे स्वमं मोर्चाका सदस्यरु अनबिज्ञ छन् । हामीलाई पनि बिस्तृत जानकारी छैन, कार्यक्रमको तालिका अत्यन्तै गोप्य राखिएको छ-’मोर्चाका एक सदस्य भन्छन- ‘सम्र्पक नम्बर तथा हामीलाई जानकारी भएका सूचना पनि सार्बजनिक नगर्न भनिएको छ ।’ उनका अनुसार प्रचण्ड वस्ने भनिएको होटल पनि हिजो बेलुकीमात्र बुकिङ गरिएको थियो ।
एक चिनियाँ संस्था एसिया प्यासिफिक एण्ड एक्सचेन्ज फाउन्डेसनको आयोजनामा क्वालालम्पुरमा भइरहेको अन्तरक्रिया कार्यक्रममा सहभागी हुन प्रचण्ड मलेसिया आएको बताइएको छ । तर, सो सम्मेलन कुन स्थानमा भइरहेको छ, सम्मेलनमा अन्य कुन कुन देशका कस्तो हैसियतका नेताहरु सहभागी भइरहेका छन र प्रचण्डले सो सम्मेलनमा के बिषयमा बोल्नेहुन भन्नेबारे केही पनि जानकारी गराइएको छैन् ।
Subscribe to:
Post Comments (Atom)









Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “प्रचण्ड मलेसियामा, सम्मेलनबारे सहयोगी नै बेखबर”
Post a Comment