Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

नेपालमा केयर ह्युमनको रजाई मलेसियामा नेपाली कामदार अलपत्र

योगेन्द्र योगी "हिमाल"/क्वालालाम्पुर मलेसिया
सेलांगर मलेसिया  बैदेशिक रोजगारीको सिलसिलामा आज भन्दा २ महिना अगाडी मलेसिया आइपुगेका २१ जना
नेपाली कामदारहरु मलेसिया स्थित सेलांगर राज्यमा अलपत्र परेका छन् । नेपाल काठमाडौं बसुन्धरा स्थित केयर ह्युमन मेनपावरबाट मलेसिया आएका नेपाली कामदारहरु अहिले मलेसियाको बिभिन्न
ठाउमा कस्टकर जिबन बिताईरहेको सुरेश खत्रीले जानकारी दिएका छन्
। उनीहरु जस्तै अरु धेरै
नेपाली कामदारहरु बिभिन्न ठाउमा अलपत्र परेको अर्का दिल बहादुर के.सीले जानकारी दिएका छन् ।
केयर ह्युमन मेनपावरले ति नेपाली युवाहरुलाई पानासोनीक कम्पनी राम्रो छ भनि प्रति ब्यक्ति नेपाली८० हजार देखि १ लाख १५ हजार रुपया लिएर मलेसिया पठाईएको थियो । ति नेपाली कामदारहरुलाई बेसिक सेल्लरी ५४६ र कम्तिमा पनि ओभर ४ घण्टा हुन्छ र महिनामा १ हजार देखि १२ सय सम्म सेल्लरी आउछ भनि झुटो आस्वसन देखाइ मलेसिया पठाएको थियो। अहिले मलेसियामा कम्पनी त्
पानासोनीक नै रहेछ तर तलब चाही नेपालबाट भनेको जस्तो नभएको खत्रीले जानकारी दिएका छन्।
अलपत्र परेका नेपाली कामदारहरुले नेपाल सरकार श्रम मन्त्रालय ,बैदेशिक रोजगार मंच लगायत
मलेसिया स्थित बिभिन्न संघ संथाहरु र आम प्रबासी नेपाली दाजुभाई तथा दिदि बहिनिहरु सग
सहयोगको लागि पहल गरिदिन आग्रह गरेका छन् ।

Comments :

0 comments to “नेपालमा केयर ह्युमनको रजाई मलेसियामा नेपाली कामदार अलपत्र”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger