Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

जनजागृती सदस्य इस्वरी प्रसाद काफ्लेको बिदाइ

नबराज पन्थी (कुबेत)जनजागृती युवा समाज कुबेतले आफ्नो  स्थापना काल देखि नै समाजको सदस्य भै सक्रिय रुपमा लागिरहनु भएका इस्वरी प्रसाद काफ्लेलाई एक समाहरोको आयोजना गरि बिदाइ गरेकोछ । जनजागृती युवा समाजका अध्यक्ष दिपक क्षेत्री लगायत  पदाधिकारीहरुले मायाको चिनो प्रदान गर्दै काफ्लेले समाजमा बसी लगाएको गुन भुल्न नसक्ने भन्दै
उहाँको सफल जीवनको लागि कामना गरेका थिए भने काफ्लेले पनि जनजागृती युवा समाजले आगामी दिनमा राम्रो काम गरि कुबेतबासी नेपालीहरुको माया पाउन सफल हुनेछ भन्दै अभियानको रुपमा सुरु गर्न लागेको जनचेतना सम्बन्धी सन्देश कार्यक्रमलाई सफल बनाइ उदाहरण प्रस्तुत गर्न शुभकामना दिएका थिए । सात बर्ष को कुबेत बसाइ पछि आफ्नै जन्मभूमीमा फर्की ब्यवसाय र सामाजिक कार्यमा सक्रिय रुपमा लाग्ने सोचका साथ नेपाल फर्कन लाग्नु भएका झापा सिबगन्ज ३ निबासी काफ्ले कुबेतबाट प्रकासित हुने मरुभुमीको कोशेली नामक छापा पत्रीकासँग  पनि आबद्द हुनुहुन्थ्यो ।
अन्त्यमा आजै रातीको उडानबाट नेपाल जान लाग्नु भएका इस्वरी प्रसाद काफ्लेको यात्रा सफल, उद्देस्य पुरा, जीवन सुखमयहोस नेपाल कुबेत डटकम तथा मरुभुमीको कोशेली परिवार शुभकामना ब्यक्त गर्दछ ।

Comments :

0 comments to “जनजागृती सदस्य इस्वरी प्रसाद काफ्लेको बिदाइ”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger