नबरात्रको नवौँ दिन आज शक्तिस्वरूपा दुर्गा भवानीको पूजा आराधना गरी महानवमी पर्व मनाइँदैछ। आज देशभरका देवी मन्दिर एवम् शक्तिपिठहरूमा बिहानदेखि नै हजारौ श्रृद्धालुहरूको घुइँचो रहेको छ । महानवमीका दिन चामुण्डादेवीले रक्तबीज असुरको संहार गरेकाले यस पर्वलाई विशेष महत्वका साथ लिने गरिन्छ। यस पर्वमा कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निशानपूजा पनि गरिन्छ। महानवमीको अवसरमा बिहान हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक तथा गुल्महरूमा बाजागाजासहित बलि दिएर जङ्गी निशानपूजा तथा कोतपूजा गर्ने प्रचलन छ। हनुमानढोकास्थित तलेजु भवानीको मन्दिर सर्वसाधारणको दर्शनका लागि बर्षको एक दिन, आजका दिन मात्र खोलिन्छ। यसैबीच वडादशै भोलि, आइतबार राष्ट्रपति रामवरण यादवद्दारा शितल निवासमा सर्वसाधारणलाई टिका लगाईदिने कार्यक्रम रहेको राष्ट्रपति भवनद्रारा जानकारी गराईएको छ ।
पूर्व राजा ज्ञानेन्द्र शाहद्रारा पनि इच्छुक व्यक्तिलाई निर्मल निवास, महाराजगन्जबाट टिका लगाई दिने समाचार प्राप्त भएको छ ।
Subscribe to:
Post Comments (Atom)










Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “आज महानवमी मनाइँदै , दशैका दिन राष्ट्रपतिद्रारा टिका लगाइदिने कार्यक्रम”
Post a Comment