Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

धनकुटामा सयौ बली चढाइयो

हिमा चेम्जोङ्गधनकुटाधनकुटा ३० अशोज ; बडादशै अन्र्तगत आज महानवमीका दिन धनकुटा जिल्लाकै प्रसिद्ध मन्दिरको रुपमा रहेको निशान भगवती मन्दिरमा आज सयौ बोकाहास रागाको बली चढाइएको छ ।
उक्त निशासन भगवतीको मन्दिरमा निशान भगवतीको पुजागरी भगवतीलाई विहान सवेरै देखी बोकारागाहास लगायत सयै बली चढाईएको छ ।
धनकुटा जिल्लाका अन्य शक्ति पीठहरुमा पनि सयौको संख्यामा बली चढाईएको छ ।
नेपाल असफल राष्ट
धनकुटा ३० अशोज ;नेपाली कांग्रेसका नेता आनन्द सन्तोषी राईले आज धनकुटामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै प्रमुख दलहरुविच सहमति हुन नसेकोले हाम्रो देश नेपाल असफल राष्ट बन्न लागेको वताउनु भयो ।
प्रमुख दलहरुविच सहमति बन्न नसक्दा शान्ति प्रकि्रया धरापमा परेको र संविधान निर्माण कार्यले गतिलिन नसकी मुलुक गृह युद्धको मारमा पर्न लागेको वताउदै कांग्रेस नेता आनन्द सन्तोषी राईले मुलुकलाई सफल राष्ट बनाउन सवैले जनस्तरबाट सशक्त खवरदाी गर्नु आजको एक मात्र विकल्प रहेको वताउनु भयो ।
नेपाललाई असफल राष्ट बनाउन चारै तिरबाट अहिले गंभिर षडयन्त्र भैरहेको वताउदै नेता सन्तोषी राईले दलहरुविच तत्काल सहमतीसहकार्य र एकता हुन नसके संविधान निर्माण हुन नसकी मुलक असफल राष्ट हुने विचार व्यक्त गर्नु भयो ।
सो अवसरमा कार्यकर्ताहरुले राष्टिय सहमती गर्न कांग्रेसले कि्रयाशिल भै नेतृत्व गर्न आवाश्यक रहेकोमा जोड दिएका थिए ।
उनीहरुले कांग्रेस जनताको भावना र चाहना अनुरुप चल्न नसकेकाले कमजोर बन्दै गैरहेकाले कांग्रेस नया विचारकासाथ जनताको भावना अनुरुप जनताको पार्टी भएर अगाडी बढ्नु पर्ने माग गरेका थिए ।
दशैमा धनकुटामा मुल्यबृद्धी
धनकुटा ३० अशोज ÷ नेपालीहरुको महान चाड दशैमा धनकुटा बजारमा दैनिक उपभोग्य सामाग्रीहरुको एक्कासी मुल्यबृद्धी भएको छ ।
धनकुटाका बजारहरुमा दैनिक उपभोग्य सामाग्रीहरुमा १५ देखी ३० प्रतिशत सम्म मुल्यबृद्धी भएको उपभोक्ताहरुले बताउछन ।
प्रभावकारी रुपमा स्थानीय प्रशासरनले अनुगमन नगरेका कारण दैनिक उपभोग्य समाग्रीहरुमा व्यपारीहरुले आफुखुशी मुल्यबृद्धी गरी दशैमा मारमा पारेको उपभोक्ताहरुको गुनासो रहेको छ । धनकुटाको पसलहरुमा अहिले सम्म मुल्य सूची समेत राखेका छैन्न ।
दैनिक उपभोग्य सामाग्रीमा भएको मुल्यबृद्धी तत्काल नियन्त्रण गर्न उपभोक्ताहरुले स्थानीय प्रशासन समक्ष माग गरेका छन ।

Comments :

0 comments to “धनकुटामा सयौ बली चढाइयो”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger