Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

तिव्वतले दिएको खाद्यान्न सहयोग दुइ महिना वित्दासमेत पाएनन

रविन भट्टराई/ताप्लेजुङ १९ असोज
तिव्वत सरकारले ताप्लेजुङका सिमावर्ती पाँच गाविसलाइ दिएको खाद्यन्न दशैमा पनि उपभोग गर्न नपाउने भएका छन। दशैको मुखैमा खाद्यान्न सकिएका सो क्षेत्रका वासिन्दाले गोदाममा थन्क्याएको खाद्यान्न हेरेर चित्त वझाउनुपर्ने भएको छ। जिल्ला विकास समितिले दशै अगाडि खाद्यन्न वाड्ने निर्णय नगर्दा यस्तो अवस्था आएको हो।

करिव २ महिनाअघि राजनितिक दलका प्रतिनिधि समेतलाइ लिएर जिविसका खरिदार दिल कुमार पाँलुङवा तिव्वतमा गइ खाद्यान्न सम्झौतामा हस्ताक्षर गरेका थिए।
उपहार स्वरुप तिव्वतले सिमावर्ती क्षेत्र ओलाङचुङगोला,लेलप,इखावु,तापेथोक र पापुङ गाविसका वासिन्दालाइ करिव एक लाख किलो चामल,तिस हजार किलो नुन र सात हजार सात सय सत्र पोका चिया सहयोग दिएको छ।
गोलासम्म ल्याउन ढुवानी खर्चका लागि करिव ४६ लाख ६ सय ७५ रुपैया लाग्ने भएकाले जिविसले नेपाल सरकार स्थानिय मन्त्रालयलाइ ढुवानी खर्च माग गरेको छ। व्यापारीले ६० प्रतिशत खाद्यान्न गोलासम्म ढुवानी गरेकाले हिजो वसेको सर्वदलिय वैठकले वाँकी खाद्यान्न ढुवानी गरिसकेपछि र मन्त्रालयवाट रकम निकासा भएपछि मात्र स्थानियवासिन्दालाइ वितरण गर्ने जनाएको छ।
स्थानियवासीले भने ढुवानी खर्च आफै वेहोरेर ल्याउने र मन्त्रालयले पठाएको रकम सडक निर्माणमा लगाउने वताएका थिए।

Comments :

0 comments to “तिव्वतले दिएको खाद्यान्न सहयोग दुइ महिना वित्दासमेत पाएनन”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger