नेपाल पत्रकार महासंघ मलेसियाका कार्यवाहक अध्यक्ष विनु लामाले दाहालले नेपालमा भनेजस्तो कुनै सम्मेलन नभएको जानकारी दिए।
दूतावासको कार्यक्रममा दाहालले संस्थाको अध्यक्षको नाम समेत बोलाउन मानेनन्। 'संस्थाको सहअध्यक्ष मै हुँ,' दाहाललाई उद्धृत गर्दै लामाले फोनमा भने, 'अध्यक्षबारे नसोध्नोस्।'
दाहालले मलेसियाको कार्यक्रम र भेटघाटलाई निकै गोप्य राखेका छन्। भ्रमणमा परिवारका सदस्यबाहेक पार्टी विदेश विभाग प्रमुख कृष्णबहादुर महरामात्र छन्। महरा चिनियाँ नेतासँग नजिक रहेकाले भ्रमण दलको सदस्यमा चयन भएको दाबी माओवादी स्रोतको छ।
'दाहालले पत्रकारलाई समय नै दिएनन्,' लामाले भने, 'राजदूतसँग धेरै आग्रह गरेपछि पाँच मिनेट पाइयो, तर खुलेनन्।' महराले चिनिया"स"ग मिलाएको पूर्वनिर्धारित कार्यक्रमअनुसार दाहाल मलेसिया गएको नाम उल्लेख नगर्ने सर्तमा एक माओवादी नेताले बताए।
माओवादी विदेश विभाग प्रमुख राम कार्कीले मलेसियाको कार्यक्रमबारे पार्टी र विदेश विभागमा औपचारिक छलफल नभएको बताए। 'मलेसियाको कार्यक्रमबारे पार्टीलाई कुनै जानकारी छैन,' उनले भने, 'अध्यक्ष फर्केपछि यसबारे जानकारी गराउनुहोला।'
महाथिरको जीवनी उपहार
राजदूतावासको कार्यक्रममा दाहाललाई एक नेपाली व्यापारीले मोहम्मद महाथिरको जीवनी, डायरी र कलम उपहार दिएका छन्। मलेसियामा व्यापार गरेर बसेका दीपक बोगटीले त्यस्तो उपहार दिएका हुन्।
- नागरिक









Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “माओवादी दाहाल गएको भनिएको एसिया प्यासिफिक एक्सचेन्ज एन्ड कोअपरेसन सम्मेलन मलेसियामा नभएको पत्तो”
Post a Comment