Browse »
Home »
मनोरन्जन
» सेलिना मोक्तान भइन् मिस ग्लोबल २०१०
असोज १९ राजधानीमा आयोजित मिस ग्लोबल २०१० मा काठमाडौंको बानेश्वरकी सेलिना मोक्तान पहिलो मिस ग्लोबल २०१० चुनिएकी छिन्। उनले उपाधिसँगै अन्ना लिफान स्कुटरका साथमा २० हजार रुपियाँ प्राप्त गरेकी छिन्। उनले मिस ग्लोबल २०१० भएवापत चिनमा हुने मिस ग्लोबल क्विन इन्टरनेशनलमा नेपालका तर्फबाट स्पर्धा गर्ने अवसरसमेत पाउने छिन्। 
जमलस्थित राष्ट्रिय नाचघरमा भएको मिस ग्लोबल २०१० सौन्दर्य प्रतियोगितामा नवलपरासीकी रुश्मा पोखरेल फस्ट रनरअप र बानेश्वरकी बिक्की गड्तौला सेकेण्ड रनरअप छानिए।
प्रतियोगिताको फस्टरनरअपले ल्यापटपका साथमा १५ हजार रुपियाँ तथा सेकेण्ड रनरअपले डेस्कटप कम्प्युटरका साथमा १० हजार रुपियाँ प्राप्त गरेकी छिन्।
Comments :
0 comments to “सेलिना मोक्तान भइन् मिस ग्लोबल २०१०”
Post a Comment