Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

उडान अवरुद्ध भएपछि हेलिकप्टर रिजर्भ गर्न बाध्य

५ कात्तिक, संखुवासभा । यातायात सुविधा नपुगेको पूर्वाञ्चलका पहाडी जिल्ला संखुवासभामा चार महिनादेखि हवाई उडान अवरुद्ध भएपछि साधारण उपचारका लागि पनि सर्वसाधारणले हेलिकप्टर रिजर्भ गर्नु पर्ने बाध्यता परेको छ ।हवाई उडान बन्द भएपछि संखुवासभाका स्थानीय बासिन्दा र बिरामी ठूलो मर्का परेको छ । हवाईसेवा बन्द भएपछि आज पनि संखुवासभा खाँदबारीका जयदेब शाक्यलाई उपचारका लागि २ लाख रुपैया खर्चेर काठमाण्डौ लगिएको छ ।खाँदबारीमै उपचार हुन नसकेपछि उच्च रक्त चाप भएका शाक्यलाई फिस्टेल एयरको 9N-AIX हेलिकप्टर रीर्जभ गरेर काठमाण्डौ ल्याईएको हो­ उनका छोरा जनक शाक्यले बताउनुभयो ।धावनमार्ग कालोपत्रे गर्ने क्रममा नागरिक उड्डयन प्राधिकरणले विगत चार महिनादेखि संखुवासभास्थित तुम्लिङटार विमानस्थलमा उडान बन्द गरेको छ ।तुम्लिङटार विमानस्थल अनिश्चितकालका लागि बन्द भएपछि संखुवासभा र भोजपुरका अस्पतालबाट विराटनगर र काठमाण्डौ पठाउने बिरामी समस्यामापरेका हुन् ।जिल्ला अस्पताल खाँदबारीले मात्रै दैनिक तीनजनाभन्दा बढी बिरामी काठमाण्डौ र विराटनगरका अस्पतालमा सिफारिस गर्दैआएको खाँदबारी अस्पतालका डाक्टर विष्णुबहादुर बस्नेतले बताउनु भयो ।उपचार कै अभावमा संखुवासभा र भोजपुरका ६ जना बिरामीले अहिलेसम्म ज्यान गुमाईसकेका छन । चार महिना अघिसम्म मात्रै तुम्लिङटार विमानस्थलमा अग्नि, तारा, यती र नेपाल वायुसेवा निगमका जहाजले काठमाडौ- तुम्लिङटार-विराटनगर दैनिक चार उडान भर्दै आएका थिए ।विहीबार मात्रै संखुवासभाबासीले तुम्लिङटार बिमानस्थलमा उडान सुरु गर्न माग गर्दै अनिश्चितकालीन तालाबन्दी गरेका थिए ।

Comments :

0 comments to “उडान अवरुद्ध भएपछि हेलिकप्टर रिजर्भ गर्न बाध्य”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger