शान्ति तथा पुनःनिर्माणमन्त्री रकम चेम्जोङले शिविरमा रहेका माओवादी लडाकूका कमान्डरले चीन जाँदा सरकार र विशेष समितिको अनुमति नलिएको स्पष्ट पार्नुभएको छ । रिपोर्टर्स क्लबद्वारा आज यहाँ आयोजित साक्षात्कारमा उहाँले भन्नुभयो, "शिविरमा
रहेका माओवादी लडाकूका कमान्डरहरू चीन्ा गएको मैले पनि सुनेको छु, उहाँहरूले चीन जाँदा सरकार र विशेष समितिको अनुमति लिएको छैन ।"
मन्त्री चेम्जोङले ती कमान्डरहरूको भ्रमण राजनीतिक हो वा निजी त्यो अनुगमन गर्न आवश्यक छ र त्यो काम राष्ट्रसङ्घीय राजनीतिक मिसन -अनमिन)को हो भन्नुभयो ।
शिविरमा रहेका माओवादी लडाकूहरू सैद्धान्तिक रुपमा मात्र विशेष समिति अन्तर्गत आइसकेको तर व्यवहारिक रुपमा आउन बाँकी नै रहेको बताउँदै उहाँले शिविरका लडाकूको रेखदेख, नियन्त्रण तथा समायोजन गर्न गठित कार्यदलको सचिवालयलाई सक्रिय बनाउन आवश्यक भएको बताउनुभयो ।
मन्त्री चेम्जोङले शान्ति प्रक्रिया, नयाँ संविधान लेखन एवम् सत्ता साझेदारीका विषयमा दलहरूबीच रहेका अविश्वास हटाउनुपर्छ भन्नुभयो ।
नेपाली काँग्रेसका नेता डा रामशरण महतले शिविरमा रहेका माओवादी लडाकूका कमान्डरहरूको चीन भ्रमणका विषयमा छानबिन हुनु आवश्यक रहेका बताउनुभयो ।
अर्को एक प्रसङ्गमा उहाँले भन्नुभयो, "शान्ति प्रक्रिया, नयाँ संविधान लेखन एवम् सत्ता साझेदारीका विषयमा दलहरूबीच सहमति नभएसम्म प्रधानमन्त्री पदको उम्मेदवारीबाट नेकाले आफ्नो उम्मेदवारी फिर्ता लिँदैन ।"
एकीकृत नेकपा -माओवादी)का नेता सीपी गजुरेलले आफ्ना जनसेनाका कमान्डहरूलाई पार्टीले चीन भ्रमणमा नपठाएको र यो उहाँहरूको निजी र प्राविधिक भ्रमण रहेको बताउनुभयो ।
सञ्चारकर्मीको एक प्रश्नको जवाफमा नेता गजुरेलले वर्तमान सरकारलाई पूर्ण बजेट ल्याउन नदिइने तर अत्यावश्यक क्षेत्रमा भने बजेटको अभाव हुन नदिन सरकारलाई सहयोग गर्नेछांै भन्नुभयो ।
Browse » Home »
राष्ट्रिय समाचार
» लडाकुलाई चीन भ्रमणको स्वीकृति छैनः शान्तिमन्त्री
लडाकुलाई चीन भ्रमणको स्वीकृति छैनः शान्तिमन्त्री
Subscribe to:
Post Comments (Atom)









Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “लडाकुलाई चीन भ्रमणको स्वीकृति छैनः शान्तिमन्त्री”
Post a Comment