सरकार तत्काल बन्ने अवस्था छैन त्यसैले राजनीतिक रुपमा बजेटलाई कसैले पनि धरापमा पार्नु नहुनेरविन भट्टराई/ताप्लेजुङ ५ कातिक
सस्कृती मन्त्री मिनेन्द्र रिजालले सर्बदलिय संयन्त्र बनाएर बजेट ल्याउनुपर्ने बताएका छन। सरकारको बजेट ल्याउने तयारीमा माओवादीले बिरोध जनाइरहेका वेला सर्बदलिय संयन्त्र जस्तै बनाएर सबैलाई मान्य हुने बजेट ल्याउनुपर्नेमा रिजालले जोड दिएका हुन। नेपालकै प्रशिद्ध तिर्थस्थल पाथीभरा देवीको दर्सन गरेर फर्किएका मन्त्री रिजालले सदरमुकाममा पत्रकारसंगको कुराकानीमा भने सरकार तत्काल बन्ने अवस्था छैन त्यसैले राजनीतिक रुपमा बजेटलाई कसैले पनि धरापमा पार्नु नहुने बताए । यो पार्टी उ पार्टी नभइ सबैलाई मान्य हुने, राजनीति विवाद नहुनेगरी बजेट आउनुपर्नेमा जोड दिएका रिजालले सरकारले त्यसको अभ्यास पनि सुरु गरिसकेको बताएका छन। उनले भने जस अवजस सरकारले नभएर दलले लिने गरी बजेट ल्याउनु पर्ने बताए । आफु जैसीको छोरो भएकोले सरकार कहिले बन्छ जोखाना नदेखेको बताएका रिजालले तत्काल सरकार बन्ने अवस्था नभएको बताएका छन। माओवादीहरु धेरै कुरामा गैह् जिम्मेवार भएको आरोप लगाएका रिजालले बजेटमा पनि गेह् जिम्मेवार भए तयसको घाटा उनिहरुलाईनै हुने बताएका छन।
माओवादीले अहिले राजनीतिक बार्गेनिङ मात्रै गरेको बताएका छन। उनले माओवादीले नमान्दैमा बजेट नआउने भन्ने नहुने पनि दावी गरे। रिजालले भने माओवादीले नमान्दैमा बजेट नआउने होइन बजेट यही सरकारले ल्याउछ। परिवार सहित पाथीभरा दर्सनमा गएका रिजालले पर्यटन बिकासमा ताप्लेजुङले राम्रो बिकास गर्न सक्ने बताए। उनले पाथीभरा देवी सग आफ्नो आस्थाकै कारण दर्शन गर्न आएको पनि बताए। पाथीभराको बिकासमा सरकारको मुख ताक्नु जरुरी नभएको रिजालको भनाइ थियो।
पाथीभरामा संविधान निर्माण, नेपाली जनताको सुख शान्ति र समृद्धिको बरदान मागेको पनि बताए।









Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “सर्बदलीय संयन्त्र बनाएर बजेट ल्याउनुपर्छ: मन्त्री रिजाल”
Post a Comment