Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

मलेसियामा एक नेपालीलाई ८ महिना जेल सजाय र १८ हजार रिंगेट जरिवाना

 मलेसियाको एक अदालतले नेपाली नागरिक कर्णबहादुर पुनलाई ८ महिना जेल सजाय र १८ हजार रिंगेट जरिवानाको फैसला सुनाएको छ । गैरकानुनीरुपमा मलेसियाबाट नेपाल पैसा पठाउने काम हुण्डी गरेको अभियोगमा  अदालतले पुनलाई सो सजाय सुनाएको हो । न्यायाधीश अजिजा मुहमद्दको एकल इजलासले बुधबार गरेको फैसलाअनुसार पुनलाई तीनवटा छुट्टाछुट्टै अभियोगमा दोषी रहेको ठहर गरिएको छ । उनलाई सन २००७ मार्च १८ र २२ तारिखमा क्वालालम्पुरको कोतारायामा अबैध पैसा पठाउने धन्दा संचालन गरेको भन्दै पक्राउ गरिएको थियो ।
आरोपीले आफुमाथि लागेको आरोपलाई स्पष्ट प्रतिबाद गर्न नसकेको र अदालतले निर्देशन दिएको जरिवानासमेत तिर्न नसकेको मलेसियाको सरकारी समाचार समिति बर्नामाले जनाएको छ ।

Comments :

0 comments to “मलेसियामा एक नेपालीलाई ८ महिना जेल सजाय र १८ हजार रिंगेट जरिवाना”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger