सधैँ प्रेम प्रकट गर्नुहोस् विवाह गरिसकेपछि मायाप्रीतिका कुरा किन गरिरहनुपर्यो र भन्ने सोचाइ राख्नुभएको छ भने त्यो एकदम गलत हो । श्रीमतीलाई सधैँ प्रेमिकाका रूपमा ग्रहण गर्नुहोस् । वेला-मौकामा उनलाई भनिहाल्नुस्— 'म तिमीलाई माया गर्छु,' या 'तिमीविना म एकदम अपूरो र अधुरो छु ।' यसरी प्रेम दर्साइरहुनभयो भने उनले आफ्नो महत्त्वबोध गर्नेछिन् । उनलाई विश्वास दिलाउनुहोस् कि तपाईं उनलाई दिलोज्यानले प्रेम गर्नुहुन्छ र उनको असाध्यै ख्याल गर्नुहुन्छ ।
रोमान्स कायम राख्नुहोस्विवाहको सफलतामा रोमान्सको अहम् भूमिका हुन्छ । रोमान्स यस्तैै हुनुपर्छ भन्ने छैन । श्रीमतीलाई महिनाको एकचोटि फिल्म देखाउन लैजानु, या बाहिर खान लैजानु या उनको चुल्ठोमा एक थुंगा फूल सिउरिदिनु, यी सब रोमान्स हुन् । प्रत्येक प्रेमपूर्ण व्यवहार रोमान्स हो ।
आर्थिक मामिलामा बोस हुन नखोज्नुहोस्कम बचत या अधिक खर्चका लागि श्रीमतीलाई दोष नदिनुहोस् । श्रीमतीलाई खटाई-खटाई पैसा दिने बानी राम्रो होइन । घर चलाउन महिनाको निश्चित रकम उनको हातमा राखिदिनु राम्रो हुन्छ । यसले उनमा बजेटभित्र रहेर खर्च गर्ने जिम्मेवारी बढाउँछ । हरेक दिन उनले तपाईंसँग पैसा मागिरहनुपर्यो भने उनले हीनताबोध महसुस गर्न सक्छिन् । तपाईंले उनलाई उनी पूर्णतः तपाईंप्रति निर्भर छिन् भन्ने अनुभूत गर्न दिनु हुन्न । पैसाका सन्दर्भमा आफूलाई बोस साबित गर्न खोज्नुभयो भने तपाईंले श्रीमतीलाई खुसी राख्न सक्नुहुन्न । त्यसैले श्रीमतीको बोस होइन, पार्टनर बन्नुहोस् ।
वेलाबखत उपहार दिने गर्नुहोस् श्रीमतीलाई खुसी राख्ने राम्रो उपाय उपहार पनि हो । उपहार महँगो हुनुपर्छ भन्ने जरुरी छैन । एक दर्जन चुरा, पाउजु जस्ता सामान्य उपहारले पनि उनलाई खुसी बनाउन सक्नुहुन्छ । उपहार दिनका लागि जन्मदिन, विवाहको वर्षगाँठ, तीज, या दसैँजस्ता विशेष अवसर हुनैपर्छ भन्ने पनि छैन ।
सल्लाह लिनुहोस् हरेक कुरामा उनको सल्लाह लिनुहोस् । एक्लै निर्णय नगर्नुहोस् । नयाँ टिभी किन्दै हुनुहुन्छ, या घरमा तला थप्दै हुनुहुन्छ, या कुनै नयाँ काम सुरु गर्दै हुुनुहुन्छ, अनिवार्यतः उनको सल्लाह लिनुहोस् । यसो गर्नुभयो भने तपाईं उनलाई कति महत्त्व दिनुहुन्छ, त्यो उनले थाहा पाउनेछिन् । साथै, तपाईंले विचार नपुर्याएको कुरामा उनले विचार पुर्याएकी हुन सक्छिन्, जो फलदायी हुन सक्छ ।
उनको यौन सन्तुष्टिको ख्याल गर्नुहोस्
हेक्का राख्नुहोस्— यौनका मामलामा तपाईं आफ्नी श्रीमतीबाट जति सन्तुष्टि चाहनुहुन्छ, त्यत्ति नै सन्तुष्टिको अपेक्षा उनले पनि राखेकी हुन्छिन् । दाम्पत्य जीवनको सफलताको महत्त्वपूर्ण कडी हो यौन । र, यो कुनै पनि हालतमा एकतर्फी खेल होइन । आफ्नो यौन सुखका लागि तपाईंले श्रीमतीको यौन सुखलाई पनि महत्त्व दिनुपर्छ ।
Comments :
0 comments to “श्रीमतीलाई खुसी राख्ने केही टिप्स”
Post a Comment