हिलो भएको भन्दै प्राधिकरणले असार २३ गतेदेखि असोज २३ गतेसम्मका लागि एयरपोट क्लोज गरेको थियो। अब सुख्खा समय हुँदा पनि प्राधिकरणले उडानमा बेवास्ता गरेको भन्दै तालबन्दी गरेका हुन्। तालाबन्दी गर्न राजनीतिक दलका प्रतिनिधि, सङ्खुवासभा उद्योग वाणिज्य सङ्घका पदाधिकारी र तुम्लिङटारका बासिन्दा लागिपरेका थिए।
तर अहिले हवाई सेवा सञ्चालन गर्नका लागि निजी र नेपाल वायु सेवा निगमबीच परीक्षण उडान कसले गर्ने विवाद हुँदा हवाई सेवा सञ्चालन हुन नसकेको बताइएको छ। दैनिकरुपमा काठमाडौ–तुम्लिङटार र विराटनगरमा अग्नि, तारा र नेपाल वायु सेवा निगमका जहाजले उडान गर्दै आएका थिए।
लामो समयदेखि विमानसेवा सञ्चालन नहुँदा करिब ६ जनाको ज्यान गइसकेको छ भने करोडौं रुपैयाँको कारोबारसमेत प्रभावित भएको छ। पहाडी जिल्लाको एकमात्र हवाई सेवा लामो समयदेखि बन्द भएकाले गर्दा नागरिकले उपचार गर्न लैजान नपाएर मृत्युसमेत भएकाले तालाबन्दी गरेको वाणिज्य सङ्घका उपमहासचिव कृष्णभगत प्रधानले बताए।
फागुनदेखि विमानस्थलमा कालोपत्रे गर्ने काम भइरहेको छ। तर पनि विमानस्थलको साइट मार्किङ गरेर हवाई सेवा सञ्चालन गर्नसमेत सुरक्षित भएको तुम्लिङटारस्थित प्राधिकरणको कार्यालयले बताउँदै आएको छ। हवाई सेवा सञ्चालन गर्न दशैंअगाडि नै सिफारिस पठाएको प्राधिकरण कार्यालयले जनाएको छ। तर कार्यालय प्रमुख निरज पोखरेल भने दशैं बिदामा घर गएकाले तालाबन्दी भएका बेला कार्यालयमा थिएनन्।
- श्याम निरौला

Comments :
0 comments to “तुम्लिङटार विमानस्थलमा ताला”
Post a Comment