एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज चीन जानुभएको छ । ४ दिने चीन भ्रमणका लागि अध्यक्ष प्रचण्ड चाईना एयरको विमानबाट त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
प्रचण्डले साङ्घाईमा अयोजना हुने एक अन्तरक्रियामा संम्बोधन गर्ने कार्यक्रम रहेको माओवादीले जनाएको छ । प्रचण्डले साङघाई एक्सपोमा चिनियाँ उच्च अधिकारीहरुसँग पनि भेट गर्ने जनाइएको छ । भ्रमण टोलीमा माओवादी विदेश विभाग प्रमुख कृष्णबहादुर महरा, पोलिटब्युरो सदस्य अग्नि सपकोटा लगायत रहनुभएको छ ।
यसैबीच चीनमा आजदेखि ११ औं पश्चिम चीन अन्तर्राष्ट्रिय मेला सुरु हुँदैछ । मेलामा सहभागी हुन नेपालका उच्चपदस्थ पदाधिकारी त्यहाँ पुग्नुभएको छ । मेलामा सहभागि हुन उपराष्ट्रपति परमानन्द झा हिजै त्यसतर्फ जानुभएको हो । उहाँले आज अन्तर्राष्ट्रिय सहयोग मञ्च पश्चिम चीन अन्तर्राष्ट्रिय मेलामा सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
Browse » Home »
राष्ट्रिय समाचार
» माओवादी अध्यक्ष चीन प्रस्थान, चिनियाँ नेताहरुसँग छलफल हुने
माओवादी अध्यक्ष चीन प्रस्थान, चिनियाँ नेताहरुसँग छलफल हुने
Subscribe to:
Post Comments (Atom)
Comments :
0 comments to “माओवादी अध्यक्ष चीन प्रस्थान, चिनियाँ नेताहरुसँग छलफल हुने”
Post a Comment