रविन भट्टर्राई/ताप्लेजुङ असोज २९,
दक्षिण एसियाकै ठूला नामले चिनिने ताप्लेजुङमा रहेको हाङदेवा पहिरो जान सुरु गरेको करिब ८४ बर्षपछि पहिरो रोकथामका लागी पहिरो बिषेसज्ञ र प्राकृतिक स्रोत तथा सभासद् सहितको सरकारी टोली पहिरो निरिक्षणका लागी ताप्लेजुङ्ग आएको एक बर्षबितिसक्दा समेत कुनै काम सुरु नहुदा हाङदेवा बासिमा पलाएको पहिरो रोकथामको आशा मर्दै गएको छ । ताप्लेजुङ सदरमुकाम फुङलिङ बजार संग जाडिएको हाङ्देवा पहिरोले एउटा सिङ्गो गाउ विकास समिति खतरामा परेको छ वि.स.१९८२ साल देखि पहिरो जान थालेको भनिदै आएता पनि हालसम्म यसको अध्ययान अनुसन्धान नभएकोले पहिरो कहिले देखि चल्यो भन्ने यकिन तथ्य भने छैन ।
हाङदेवा गाविसमा रहेको पहिरोले अझ सम्म १९ हजार हेक्टर जमिन बगाई सकेको छ । भने पहिरोकै कारण सालै पिच्छे सयौ घरवार वगाउने वा ज्यान जाने खतरा भएकै कारण हरेक वर्षयहाका वासिन्दाले पुर्नवासको प्रवन्ध मिलाउन वाध्य हुनु परेको छ । यो गावीस सदरमुकाम संग जोडिएको हुदा समयमा रोकथाम नहुदा ताप्लेजुङ सदरमुकामलाई समेत भविश्यम खतरा हुने देखिन्छ पहिराले अहिले सम्म २५ जना भन्दा बढीको ज्यान लिई सकेको छ भने २ सय ५० भन्दा बढी घर परिवार विस्थापित बनि सकेका छन । कति परिवारको जग्गा बगायो. त्यो कसैसग रेकड छैन ९ वटा बडा रहको हाङदेवा गाविसमा एउटमा ६ नम्बर बडालाई पहिरोले छुन सकेको छैन यो पहिरो बारौकाल सामान्य रुपमा चलिरहने गर्छ यसको रोकथाममा स्थानिय स्थरबाट सामान्य रोकथामको प्रयास भएतापनि यो सम्भव नरहेकोले यसको रोकथाममा सरकारी स्थरबाट पहल गरिनु पर्छ भन्ने मान्यता स्थानिय सरोकार वालाको रहेको छ ।
दुर्इ तिरबाट पहिरोले घेरेको सो बडाका मानिसलाई पहिरोले बगाउला कि भनेर थप चिन्ता परेको छ । ताप्लेजुङको उत्तरी नौ गाविसका सयौ मानिस यो पहिरोको बाटो हुदै दैनिक आवत जावत गर्छन भने पर्यटकहरु समेत सोही पहिरोको बाटो हुदै विश्वको तेश्रो शिखर कञ्चनजघा आधार शिविरमा जाने गरेका छन । सदरमुकाबाट पठन पाठनको लागि दैनिक करिब एक सय विद्यार्थी समेत जनता मावि हाङदेवामा पहिरोको बाटो हुदै जाने गरेको छन ।
पहिरो रोकिएला कि भनेर सो गाविसका मानिसले रुख तथा अलैची पनि लगाए तर त्यो समेत पहिरोले बगायो । हाङदेवा गाविसमा पहिरो हुदै सडक बाटो समेत स्थानीयबासीले खने तर हिउदमा बाटो खने बर्खामा पहिरोले लाने गरेतापनि गाउलेले शाहसलाई नमारि तीन पटक सम्म गाविसको सबै बजेट लगाएर काम गर्दा समेत बाटो पहिरोले लगेपछि पहिरोसग हारेर सडक बाटो निमार्ण गर्न समेत हतोत्साइत बन्दै आएका छन ।









Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “पहिरोले १९ हजार हेक्टर जमिन बगाई सक्यो”
Post a Comment