Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

संस्कृति जोगाउँदै दसैं मनाउँदै

ताप्लेजुङ २९ असोज । पहिलेपहिले अरू चाडपर्वलाई मात्र संस्कृतिक पर्वको रूपमा मनाउने यहा स्थानीय बासिन्दा अहिले आएर दसैलाई पनि संस्कृतिक पर्वको रूपमा मनाउन थालेका छन् ।
हरेक पर्वमा संस्कृतिक जोगाउनु पर्ने विचारको साथ लोपोन्मुख अवस्थामा रहेका परम्परागत संस्कृति जोगाउन विभिन्न जातजाति यसरी लागेका हुन् ।
अगाडिका वर्षहरूमा तिहारमा देउसीको रूपमा आˆनो संस्कृतिक पहिचान गराइए पनि यो वर्ष दसैामा पनि विभिन्न नाचगानको साथ यो पर्व मनाउन सुरु गरिएको छ ।
जिल्लाको पर्यटकीयस्थलका रूपमा रहेको र एकमात्र विमानस्थल भएको स्थान सुकेटारमा भेला भएका शेर्पा समुदायले आˆनो परम्परागत नाच नाचेर दसैालाई मनाउन थालेका छन् ।
परम्परागत संस्कृतिको जगेर्ना गर्दै नेपालीको महान् चाड दसैा मनाउन लागेको यहााका स्थानीय शेर्पा जातिको भनाइ रहेको छ । ब्राहृमण, क्षेत्रीले ब्राहृमणपण्डित लगाएर चण्डी, रुद्रीलगायतका पाठ पढाएर नवदुर्गा भगवतीको पूजापाठ गर्दै अघिल्ला वर्षमा दसैा मनाउने गरे पनि यो वर्ष विभिन्न धर्म मान्नेले समूहिक रूपमा दसैा मनाउन थालेका छन् ।
पर्वको बेला आˆनो जातीय संस्कारको पहिचान गराउादै महान् चाड मनाउने उद्देश्यले जिल्लामा नयाा अध्यायको सुरु हुन थालेको छ ।
त्यसमा पनि पूर्वकै प्रसिद्ध तीर्थस्थल पाथीभरा जाने मुख्य द्वारको रूपमा रहेको यो स्थानमा विभिन्न जिल्ला र देशका तीर्थयात्री आउने भएका र धर्मनिरपेक्षताको सन्देश फैलियोस् भन्ने लक्ष्यले पनि यस्तो काम सुरु गरिएको स्थानीय गेम्जु शेर्पा बताउनुहुन्छ ।
विगतका दसैामा राँगा, बोका काट्ने बलि चडाउने गरिएपनि यो वर्ष ताप्लेजुङमा अघिल्लो वर्षको तुलनामा कम बलि चढाइएको यहााका स्थानीय मठमन्दिरका पुजारीहरूको भनाइ रहेको छ ।
यहााको प्रसिद्ध तीर्थस्थिल पाथीभरामा पनि यो वर्ष बलि भन्दा फलफूल बढी चढाइएको पुजारी टीका पौडेल बताउनुहुन्छ ।
अनेकौा जातजातिको बसोवास रहेको हाम्रो समाजमा एक जातिले मात्रै नभएर प्रायस अधिकांश जातिले संस्कृती अनुसार चाड मनाउन थालेपछि दसैाको रोनक बढेको छ ।
यस्ता पर्वमा संस्कार र संस्कृति जोडियो भने लोपोन्मुख अवस्थामा रहेका संस्कृति जगेर्ना हुनेभएकाले चलनको सुरुआत गरिएको संस्कृति जगेर्नामा लागेका व्याक्तिको भनाइ रहेको छ । रासस

Comments :

0 comments to “संस्कृति जोगाउँदै दसैं मनाउँदै”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger