Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

लिम्बुवानद्वारा पूर्वका ९ जिल्ला बन्द

झापा कात्तिक ९- फोटो सहितको मतदाता नामावली संकलन तत्काल रोक्न माग गर्दै लिम्वुवान संगठनले आह्वान गरेको हड्तालका कारण पूर्वी नेपाल मंगलबार बिहानैदेखि ठप्प बनेको छ। लिम्वुवान संगठनको पकड नभएका तराईमा थोरै र कसिलो पकड भएका पहाडी क्षेत्रमा बन्दको प्रभाव बढी देखिएको छ।
मतदाता नामावली संकलनका विरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिएका संघीय लोकतान्त्रिक राष्टि्रय मञ्च तथा मञ्च सम्बद्ध संघीय लिम्वुवान राज्य परिषदको हड्तालले अरुण पूर्वका नौ जिल्लामा प्रभाव पारेको हो।
नामावली संकलनका विरोधमा उनीहरुले यसअघि धर्ना, मसाल जुलुस र ज्ञापन बुझाईसकेका छन्।
मेचीका चारै जिल्ला झापा,इलाम ,पाँचथर र ताप्लेजुङमा बिहानैदेखि लामो तथा छोटो दुरीका यातायात ठप्प छन्। बजार,स्कुल र कलकारखानामा पनि बन्दको असर परेको छ। झापाका बजार फाटफुट खुले पनि पहाडी जिल्लामा सबै ठप्प छन्।
जिल्लास्थित नागरिकन्युजकर्मीहरुका अनुसार कोसीको मोरङ र सुनसरीका केही भाग बाहेक अधिकांश ठाउँमा बन्दको असर परेको छ।
विराटनगर र इटहरीमा आशिंक प्रभाव पारेको बन्दले धरान , धनकुटा तथा पहाडी क्षेत्रमा भने पुरै असर देखाएको छ। यातायात र बजार ती ठाँउमा खुलेका छैनन्। मोटरसाइकल र प्रेस लगायत अत्यावश्यक सेवाका अन्य सवारी भने सबैतिर चलेका छन्।

Comments :

0 comments to “लिम्बुवानद्वारा पूर्वका ९ जिल्ला बन्द”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger