Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

राष्ट्रपति ल्हासा/नेपाल–चीन सीमासम्म यातायात ल्याउने प्रतिबद्धता

ल्हासा (तिब्बत), कार्तिक १० - राष्ट्रपति डा रामवरण यादव र ल्हासाका चिनियाँ अधिकारी बीच नेपाल–चीनबीचका महत्वपूर्ण नाकाहरुसम्म यातायात सञ्जाल विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरिएको राससले जनाएको छ ।
रासस बिशेष प्रतिनिधि उत्तम सिलवालले ल्हासाबाट संप्रेसन गरेको समाचारमा  राष्ट्रपति यादव र चिनियाँ अधिकारीहरुबीच मंगलबार साँझ भएको भेटबार्तामा यातायात सञ्चालन गरी दुवै देशका जनतालाई लाभ दिन पहल गरिने प्रतिबद्धता व्यक्त गरिएको उल्लेख छ ।
तर, ति नाकाहरु कुन कुन हुन् र प्रतिबद्धता व्यक्त गर्ने कुन तहका चिनियाँ अधिकारी हुन् भन्ने सम्बन्धमा बिस्तृत छैन । सडकमार्गबाट दुवै देशलाई जोड्न सकिए नेपालसँगै मरुभूमिमय अवस्थामा रहेका अधिकाँश तिब्बती भू-भागमा पनि गुल्जार हुने निश्चित रहेको उल्लेख गरेको छ । राससका अनुसार चीनको मैत्रीपूर्ण सद्भावना भ्रमणका क्रममा मंगलबार दिउँसो ल्हासा आइपुगेका राष्ट्रपति डा  यादव बुधबार विभिन्न कार्यक्रमहरुमा सहभागी भएका छन् ।
नेपाल-तिब्बतबीच प्रमुख व्यापारिक नाकाहरुमा सिन्धुपाल्चोकको कोदारी, ताप्लेजुङको ओलाङचुङ्गोला, गोर्खाको लार्के भन्ज्याङ, हुम्लाको यारी, मुगुको नाम्जा भन्ज्याङ र दार्चुलाको टिङ्कर रहेका छन् ।
त्यसैगरी व्यापारिक सम्बन्धलाई उच्च महत्व दिँदै ल्हासामा महावाणिज्य दूतावास स्थापना गरिएको छ । जुन तिब्बतमा रहेको एकमात्र विदेशी महावाणिज्य दूतावास हो ।
नेपालको सङ्खुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, गोर्खा, मनाङ, मुस्ताङ, डोल्पा, मुगु, हुम्ला र बझाङ गरी १३ जिल्ला तिब्बतसँग मात्र जोडिएको र सुदूरपूर्वको ताप्लेजुङ तथा सुदूरपश्चिमको दार्चुला जिल्लाले छिमेकी चीन र भारत दुवै देशको सीमामा पर्दछ ।
पूर्वको ताप्लेजुङको चावुक भन्ज्याङदेखि पश्चिम दार्चुलाको छयाङ्ला भन्ज्याङसम्ममा गरी ४३ वटा भन्ज्याङ चीनसंगको सिमामा छन्

Comments :

0 comments to “राष्ट्रपति ल्हासा/नेपाल–चीन सीमासम्म यातायात ल्याउने प्रतिबद्धता”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger