९ कात्तिक, काठमाण्डौ । पछिल्लो समय नेपालका लागि भारती राजदूत राकेश सूद सक्रिय देखिनुभएको छ । उहाँले राजनैतिक लगायत बिभिन्न भेटलाई तीब्र पार्नुभएको छ । पछिल्लो समय माओवादीसँग झन झन आक्रोशित सुदले माओवादी लडाकु र प्रचन्डको चीन भ्रमणप्रति निकै चासो राख्नुभएको बुझिएको छ ।
सुदले मंगलबार प्रधानमन्त्री माधवकुमार नेपाललाई भेट गर्नुभयो । प्रधानमन्त्रीको १३ औं चरणको निर्वाचनको पूर्व सन्ध्यामा प्रधानमन्त्री माधवकुमार नेपाल र रक्षामन्त्री विद्यादेवी भण्डारीसँग छुट्टा-छुट्टै भेटवार्ता गर्नुभएको हो । सिंहदरवारस्थित प्रधानमन्त्रीको कार्यालयमा प्रधानमन्त्री नेपालसँग मंगलबार भएको भेटवार्तामा १३ औं चरणको प्रधानमन्त्रीको निर्वाचनको बारेमा चासो राख्नु भएको बताइएको छ ।
स्रोतका अनुसार राजदूत सुदले जारी प्रधानमन्त्री निर्वाचनमा कांग्रेसको पक्षमा सहयोग गर्ने वातावरण बनाउन प्रधानमन्त्री नेपालसँग आग्रह गर्नुभएको छ ।
सुदले आफूमाथि जुत्ता प्रहार तथा दुव्र्यवहार गर्नेहरुमाथि थालिएको अनुसन्धान तथा माओवादी लडाकुका कमाण्डरले हालै गरेको चीन भ्रमणकाबारेमा समेत चासो राख्नु भएको बताइएको छ ।
दुई दिनअघि मात्र भारत निकट मानिने राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापालाई भेटी कांग्रेसको पक्षमा मतदान गर्न सहयोग गर्न आग्रह गर्नुभएका राजदूत सुदले प्रधानमन्त्री नेपाललाई भुट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
प्रधानमन्त्री नेपालसँगको भेटपछि सुद रक्षामन्त्री बिद्यादेवी भण्डारीलाई पनि भेट गर्नुभएको छ ।
भण्डारीसँगको भेटमा सरकार गठन, माओवादी लडाकुका कमाण्डरको चीन भ्रमणलगायतकाबारेमा चासो राख्नुभएको स्रोतले जानकारी दिएको छ ।
राजदूत सुदले सोमबार मात्र नेपाली कांग्रेसका सभापति सुशील कोइरालासँग भेटी सरकार गठन र पछिल्लो राजनीतिक अवस्थाका बारेमा जानकारी लिनुभएको थियो ।
सोलुखुम्वुमा माओवादीका कार्यकर्ताको जुत्ता प्रहार जस्ता घटनाको सामना गर्नुभएका राजदूत सुद पछिल्लो समय सक्रिय देखिनु भएको छ ।
सुदले सोमबार मात्रै गृहसचिवलाई भेट गर्नुभएको थियो ।
सुदको पछिल्लो यो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
Browse » Home »
नेपाल समाचार
» सुद भए सक्रिय, प्रधानमन्त्री र रक्षामन्त्रीसँग अर्थपूर्ण भेट
सुद भए सक्रिय, प्रधानमन्त्री र रक्षामन्त्रीसँग अर्थपूर्ण भेट
Subscribe to:
Post Comments (Atom)









Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “सुद भए सक्रिय, प्रधानमन्त्री र रक्षामन्त्रीसँग अर्थपूर्ण भेट”
Post a Comment