Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

धरानको सौन्दर्यः भेडेटार

गोपाल दाहाल
उत्तरतिर कञ्चनजंगा, मकालुलगायतका हिम शृंखलाको मधुर तर रमणीय दृश्य, दक्षिणतिर सप्तकोसीस“गै तराईका सुनौला फा“टहरू । चिसो मौसम अनि छेउबाटै नागबेली सडक धरानतिर झरेको दृश्य कम्ती रमाइलो लाग्दैन । गोधूलिसा“झको दृश्यले पनि उस्तै मादकता दिन्छ । त्यसैले त आन्तरिक पर्यटकहरूका लागि उपयुक्त स्थल बनेको छ, भेडेटार ।
समुद्री सतहदेखि १ हजार ४ सय ३० मिटरको उच्च पहाडी क्षेत्रमा रहेको भेडेटारमा धरानदेखि १६ किलोमिटर उत्तरमा पर्छ । सुनसरी र धनकुटा जिल्लाको संगम स्थलका रूपमा रहेको भेडेटारमा छिनछिनमै परिवर्तन भइरहने मौसम पनि पर्यटकहरूका लागि आकर्षण थप्ने माध्यम हो । एकै छिनमा घाम लाग्ने र एकैछिनमा कुहिरोले ढाकेको हेर्नमात्र होइन अनुभव गर्नसमेत सकिन्छ । धरानदेखि नजिकै रहेर पनि हिमाली भेगको जस्तो हावापानी पाइने भेडेटारमा २०४० मा बेलायतका युवराज चाल्र्ससमेत आएका थिए । नेपाल भ्रमणमा आएका बेला चाल्र्सले भेडेटारको अग्लो चुचुरोबाट अवलोकन गरेका थिए । त्यसबेलादेखि सो चुचुरोको नाम नै ‘चाल्र्स प्वाइन्ट’ राखिएको छ । जहा“ हाल ३० फिट जति अग्लो टावर बनाइएको छ । चाल्र्स टावरमा बर्सेनि हजारौं पर्यटकहरू चढ्छन् र त्यहा“बाट धनकुटा बजारदेखि धरान नगर र सप्तकोसीसम्मको दृश्य हेरेर आनन्द लिन सकिन्छ ।
भेडेटार पिकनिकका लागि पनि उपयुक्त स्थल हो भने आध्यात्मिकहरूका लागि पनि नजिकै पाथिभरादेवीको मन्दिर गन्तव्य हो । विशेषतः गर्मी मौसममा यहा“ शीतलताको आनन्द लिनका लागि टाढादेखिका पर्यटकहरू भेडेटार आउने गरेका छन् । जाडोमा पिकनिक आउनेहरूको भीड देखिन्छ ।
गुराँसको सिजनमा भेडेटारमा पनि गुरा“स फुल्ने भएकाले प्रत्यक्ष गुरा“स नदेखेका तराईका आन्तरिक पर्यटकहरूका लागि यो उपयुक्त थलो हो, जुन कुरा बर्सेनि पर्यटकहरूको बढ्दो चापले प्रमाणित गर्छ ।
भेडेटार पुग्ने पर्यटकका लागि नजिकैको धजेडा“डा पनि जान मन लाग्छ । भेडेटारदेखि चार किलोमिटर पूर्वमा रहेको धजेडा“डा समुद्र सतहदेखि २ हजार ४७ मिटरको उचाइमा अवस्थित छ । शरद र शिशिर ऋतुमा सूर्योदयको अत्यन्तै रमाइलो दृश्य हेर्न धेरै पर्यटकहरू धजेडा“डा पुग्ने गर्छन् । यो डाँडाबाट दूरबिन प्रयोग नगरी पूर्वाञ्चलका अधिकांश जिल्लाहरूका दृष्य देखिन्छ ।
भेडेटारको यही विशेषताका कारण यहा“ दिनदिनै होटलहरू थपिनेक्रम बढ्दो छ । भेडेटारको डाँडाभरि होटल, सेकुवा घर र पार्क खुल्ने क्रमले तीव्रता पाउन थालेको छ, पर्यटकको वृद्धिस“गै जग्गाको भाउ पनि आकासिएको छ । होटल, रेस्टुराँ सञ्चालनकै लागि भनेर आसपासका सबै जग्गा पनि बिक्री भइसकेको स्थानीय बासिन्दाले बताए ।
भेडेटारमा रमाइलो गर्न जानेहरूमा धरानका लाहुरे समुदायदेखि सर्वसाधारणसम्म हुन्छन् भने बाहिरबाट आउनेहरू पनि उत्तिकै भेटिन्छन् । धरानबाहेक इटहरी, विराटनगर, झापामात्र होइन काठमाडांै, पोखरादेखि धरान आउनेहरू पनि एक पटक भेडेटार नपुगी छाड्दैनन् ।
केही नया“ काम गर्ने योजना बनाउनु पर्दा होस् वा खुसियाली मनाउनु पर्दा धरानेहरू भेडेटार जाने गरेका छन् । काठमाडौंबाट पूर्वाञ्चल क्षेत्रमा गोष्ठी, सेमिनार या तालिम आयोजना  गर्नुपर्दा आयोजकको पहिलो रोजाई भेडेटार हुने गरेको छ । धरान आएको बेला धेरै पटक भेडेटार जाने गरेका अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन) नेपालका कार्यक्रम प्रमुख राजेन्द्र खनालको विचारमा भेडेटारको प्राकृतिक सुन्दरता नै सबैलाई आकर्षित गर्ने खालको छ । खनाल भन्छन्, ‘‘चिसोको अनुभव पनि गर्न सकिने, सुन्दर दृश्यहरू पनि अवलोकन गर्न सकिने यस्तो ठाउ“ विरलै हुन्छ, त्यसैले पर्यटकलाई तानेको हो ।’’
वातावरण तथा पर्यटन विकास केन्द्र धरानका अध्यक्ष आनन्द श्रेष्ठ भेडेटारको पर्यटन विकासका लागि अझै धेरै काम गर्न सकिने बताउ“छन् । श्रेष्ठ भेडेटारको उचित व्यवस्थापन गर्ने हो भने पर्यटन वर्ष–२०११ लाई ठूलो मद्दत पुग्ने उनको धारणा छ । उनी भन्छन्, ‘‘यसमा सरकारले सहयोग गर्नुपर्ने हो तर अहिलेसम्म त्यस्तो सहयोग गरेको पाइँदैन ।
कसरी पुग्ने ?
भेडेटारमा रमाइलो हेर्न र अनुभव गर्न जान चाहनेहरूका लागि त्यति गाह्रो छैन । धरानको भानुचोकबाट भेडेटारका लागि रिजर्व ट्याक्सी पनि पाइन्छ । रिजर्व जान नचाहनेका लागि धनकुटा जाने गाडीहरू प्रशस्त पाइन्छन् । तिनै गाडीमा चढेर भेडेटारमा ओर्लिन सकिन्छ । आफ्नै मोटरसाइकल वा गाडी हुनेलाई त कुनै चिन्तै भएन । भेडेटार पुगेर केही दिन बस्नेहरू पनि प्रसस्त हुन्छन् । केही दिन यतै बसेर रमाउन चाहनेका लागि होटल, लजहरूको राम्रो व्यवस्था छ । यहाँका होटलहरूमा गुन्द्रुक, सिन्कीजस्ता गाउँले परिकारहरू पाउन पनि पाइन्छन् ।

Comments :

0 comments to “धरानको सौन्दर्यः भेडेटार”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger