Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

दशैँ टीकाको साइत दिनभरनै जुर्यो

यस वर्ष विजयादशमीको टीकाको साइतलाई १०:४३ बजेको समय जुरेको छ । साइतपछि दिनभरको समय टीकाका लागि उत्तम मानिएको छ । यसअघि बिहान ८:४७ बजेको समयमा दसैंघरमा रहेको देवी विर्सजन गर्न सकिनेछ । देवी विर्सजनलगत्तै टीका लगाउन सकिन्छ । तर, १०:४३ पछिको समय निकै उत्तम रहेको छ । नेपाल पञ्चांग निर्ण्ाायक समितिका पदाधिकारीको बैठकले टीकाको साइतबारे भनेको छ, \'देवी विर्सजनपछि आफ्नो अनुकूल समयमा टीका लगाउन सकिनेछ ।\' साइत कर्ुर्नेहरूका लागि मात्र तोकिएको समय दिइएको हो ।  आश्विन शुक्लपक्ष आइतबार श्रवण नक्षत्र भएकाले दसैंको टीकालाई ज्योतिषीय मान्यतामा निकै महत्त्व मानिएको छ । यस खालको संयोग विरलै पर्ने भएकाले नेपाल पञ्चांग निर्णयकले यस वर्षो टीकालाई विशेष दिन मानेका छन् ।समितिका अध्यक्ष प्रा. माधव भट्टर्राई, सदस्य-सचिव पञ्चांगकार सुर्य प्रसाद ढुंगेल, गणितज्ञ प्रा.डा. मंगलदास प्रधानांग, प्रा.डा. साम्बराज आचार्य, वाल्मीकि विद्यापीठ ज्योतिष विभागका प्रा. श्रीकृष्ण अधिकारी, धर्मशास्त्री दर्घराज घिमिरे, ज्योतिषी तुलसीनाथ जोशी रहेका छन् ।     ज्योतिषीय मान्यतामा दसैंको टीकाका दिन आफ्ना मान्यजनबाट लिने आशिर्वाद फलदायी हुने विश्वास गरिन्छ । श्रवण नक्षत्र र आइतबारलाई निकै रामो दिन मानिन्छ । यसैगरी, दसैंको शुभारम्भ घटस्थापनाको दिन बिहान ९ः४१ बजेको समयमा घटस्थापना गर्दा उत्तम हुने समितिले ठहर गरेको छ । तर, त्यस दिन चित्रा नक्षत्र परेकाले घटनास्थापना गर्नुभन्दा पहिले त्यसको दोष निवारणका लागि चित्रा शान्ति पूजा गर्नुपर्ने हुन्छ । त्यसका लागि घर-परिवारका ज्येष्ठ सदस्यले आफ्नो विधानअनुसार पूजा गर्दा दोष निवारण हुन्छ । राज्यका तर्फाट तयार गरिएको दसैंघरमा भने विशेष दोष पूजा आवश्यक पर्ने ज्योतिषको भनाइ छ । सप्तमीको दिन फूलपाती भित्र्याउनका लागि साँझको समय उत्तम मानिन्छ । घरका मूलीले दिनभर व्रत गरी सर्यास्तपछि दसैंघरमा परिवार र आफन्तहरूले सामूहिक पूजा गर्ने गरिन्छ । दसैंघरमा अष्टमीको दिन बलिका निम्ति प्रयोग हुने हतियारको समेत पूजा गरिन्छ । महाअष्टमीका दिन मध्यरातको समय पारेर कालरात्री गरिने गरिन्छ ।

Comments :

0 comments to “दशैँ टीकाको साइत दिनभरनै जुर्यो”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger