नबराज पन्थी (कुबेत)
यसै क्रममा खाडी मुलुक कुबेतमा पनि दशैंको चहलपहल सुरु भएकोछ । दशैंलाई लक्षीत गरि आगामी ओक्टोबर १५ तारिख शुक्रबार लालिगुराँस साँस्कृतिक परिवारको दसहरा बिशेष साँस्कृतिक कार्यक्रम र नयाँ नेपाल क्लब कुबेतको भलिबल अनी कार उपहार सहितको चिठ्ठा प्रकासित हुने कार्यक्रमको लागि जोडदार रुपमा तयारी चलिरहेको आयोजकहरुले जनाएका छन । मालियाको एसिया एसिया रेस्टुरेन्टको हलमा देखाईने साँस्कृतिक कार्यक्रमको लागि रियल्सन अन्तिम चरणमा पुगेकोछ । प्रबेस सुल्क कुबेती डिनर दुई राखिएको उक्त कार्यक्रम दिउसोको २:३० बजे देखि कुबेतमा कार्यरत चर्चित गायक चन्दन लिम्बु, राजेन्द्र बिरही, अनिता गुरुङ लगायतका कलाकारहरुबाट लोक, आधुनिक पप गीत र प्रत्यक्ष दोहोरी तथा न्रित्य कलाकारबाट हुने जोडदार न्रित्य प्रस्तुतिबाट दर्सकहरुलाई भरपुर्ण मनोरन्जन प्रदान गर्ने कुरा थाहा भएकोछ । उता नयाँ नेपाल क्लब कुबेतले आयोजना गर्न लागेको अन्तर नेपाली क्लब भलिबल प्रतियोगिताको टिम दर्ता आउने शुक्रबार मालियामा गरिनेछ भने १५ तारिख शुक्रबार प्रकासित गरिने कार उपहार सहित भाग्यसाली चीठ्ठाको लागि कुबेती डिनर पाच रहेको रसिद बिक्री बितरण कार्य सुरु गरिएकोछ । फाहिल स्थित सी ग्रेडको खेल मैदानमा खेलाइने भलिबल खेल र कार उपहार सहितको नतिजा प्रकाशन मध्यानह १२ बजे अघि नै सकिने आयोजकले बताएकोछ । अक्टोबर १५ तारिख शुक्रबार आयोजना हुन लागेको यी दुबै कार्यक्रमबाट कुबेतबासी नेपालीले कत्तिको मनोरन्जन लिन पाउने हुन् र कार्यक्रम सफल बनाउन आयोजकले के कस्ता तयारी गरेकाछन त्यसका लागि अझ केही दिन प्रतिक्षा गर्नै पर्ने हुन्छ ।
नेपालीहरुको महान चाड बिजया दशमी नजिकिदै गर्दा घर आगन सिगार्ने सरसमान किन्ने, खसी बोका खरिदने, चङ्गा उडाउने, सोपिङ महल देखि खुद्रा पसल सम्म आकर्सण उपहार सहित बिक्री बितरण धमाधम भैरहेकोछ । हरेक नेपालीलाई दशैंले छोएकोछ जताततै भिडभाड बढेकोछ । प्रदेशमा बसेकाहरु पनि बर्सौ पछि दशैं मान्न नेपाल फर्कने क्रम जारिछ । बिबिध कारण अनी छुट्टी जान नपाउनेहरु प्रदेश मै भए पनि बिभिन्न कार्यक्रम गरि दशैं मनाउन सुरु गरेकाछन ।









Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “दशैं चहलपहल सुरु कुबेतमा १५ अक्टोबर दुई कार्यक्रम हुँदै”
Post a Comment