गौशाला, २३ असोज । महोत्तरी जिल्लाको बथनाहा नाकामा सुरक्षा दिइरहेको भारतीय एसएसबीले सो नाकाबाट नेपाल ल्याइरहेका १२० वटा खसीबोका स्थानीय बासिन्दालाई लुट्न लगाएका छन् । दसैाको अवसरमा सदरमुकाम जलेश्वर नगरपालिकाका तीनजना व्यापारीले संयुक्तरुपमा भारतबाट शुक्रबार साँझ नेपाल ल्याइरहेका खसीबोका एसएसबीले लुट्न लगाएको व्यापारी शङ्कर मण्डलले बताउनुभयो ।
एसएसबीले भारतबाट नेपालमा केही पनि लैजान रोक लगाएको भन्दै खसीबोका व्यापारीहरु मरनी देवी, शान्ति देवी र शङ्कर मण्डलका १२० वटा खसीबोका सीमावर्ती भारतीय गाउँ वराही, सहसराम र सुरसन्डका बासिन्दालाई लुटाएका थिए ।
तीनैजना व्यापारीले लाखौमूल्य खर्चेर भारतका बजारबाट खसी बोका खरिद गरेर ल्याउनेक्रममा सिमानाको बथनाहामा एसएसबीले रोकेर लुट्न लगाएकाले व्यापारी ठूलो आर्थिक मारमा परेका छन् । रासस
Subscribe to:
Post Comments (Atom)
Comments :
0 comments to “एसएसबीले खसीबोका लुट्न लगाए”
Post a Comment